बिहिबार, जेष्ठ १०, २०८१ | May 23, 2024

डिजिटल युगमा कर्मचारी सञ्चय कोष

डिजिटल युगमा कर्मचारी सञ्चय कोष

  • Naveen Sanchar

  • शनिबार, साउन २०, २०८०

  • 209
    Views
डिजिटल युगमा  कर्मचारी सञ्चय कोष

नवीनसञ्चार संवाददाता

काठमाडौँ । वि.सं. २०१९ सालमा सैनिक द्रव्यकोषको स्थापनासँगै प्रारम्भ भएको कर्मचारी सञ्चय कोष ६२ वर्षपश्चात् डिजिटल युगमा पदार्पण गरी अघि बढेको छ  । कोषले सेवाप्रवाहलाई छिटोछरितो बनाउँदै आफ्नो दीर्घकालीन लक्ष्य हासिल गर्न डिजिटल प्रविधिको प्रयोगमा जोड दिएको छ । कोष आफ्ना कामकारबाहीलाई कागजरहित र स्वचालित बनाउँदै डिजिटल युगमाफड्को मारेको हो  । हाल कोष प्रदान गर्दै आएका सम्पूर्ण सेवा डिजिटल माध्यमबाट सञ्चालन गरेको छ । अब कुनैपनि सञ्चयकर्ताको रकम संकलन र सापटी तिर्ने कार्यलाई पूर्णरुपले कागजरहित बनाइएको छ । सिंगल साइन अन ( एसएसओ) प्रणालीबाट कोष व्यवस्थापन, सामाजिक सुरक्षा र सम्पूर्ण प्रदान गर्ने मार्गमा अगाडि बढेको छ । आधुनिक प्रविधिमा आधारित विद्युतीय शासको माध्यमले गुणस्तरीय, प्रभावकारी र झन्झटरहित सेवा प्रवद्र्धनमा क्रियाशील रहेको कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिनुभयो ।इपीएफ आई पोर्टल, डिजिटल फाँटबारी, इपीएफ मोबाइल एप आदिका माध्यद्वारा कोषका सेवालाई विद्युतीय स्वरुपमा रुपान्तरण गरिएको उहाँले बताउनुभयो । कोषको सेवालाई डिजिटल, कागजरहित र मुहाररहित बनाउन सबै सञ्चयकर्ता, योगदानकर्ता र सरोकारवालाको अपेक्षा गरिएको छ । यसका साथै कोषले सूचना प्रविधिमा देखिने जोखिम न्यूनिकरण गर्न कोषमा विपद् व्यवस्थापन योजना, २०७१ कार्यान्वयनमा ल्याईसकेको छ । सोबाट सूचना प्रविधिमा देखिने जोखिमको पहिचान, मापन, अनुगमन र आन्तरिक नियन्त्रण गर्ने परिपाटीको विकास भएको कोषले जनाएको छ ।

कोषले सञ्चयकर्तालाई सेवा सुविधाहरुको जानकारी प्रभावकारी ढङ्गले प्रवाह गर्न समय समयमा कोष तथा सञ्चयकर्ता
कार्यालय र सञ्चयकर्ता बीचमा अन्तरक्रिया कार्यक्रम सञ्चालन समेत गर्दै आएको छ । नेपाल सरकारको विभिन्न सेवाका कर्मचारी लगायत संगठित संस्था एवम् निजी क्षेत्रका कर्मचारी एवम् कामदारहरुको सञ्चय कोष व्यवस्थापन गर्ने उद्देश्यले वि.सं. २०१९ साल भाद्र ३१ मा स्थापित कोषले निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम योगदानमा आधारित निवृत्तभरण कोष सञ्चालनको अधिकार समेत प्राप्त  गरेको छ ।

कोषको सेवालाई डिजिटल, कागजरहित र मुहाररहित बनाउन कोषले सञ्चालनमा ल्याएका केही अत्याधुनिक सुविधा देहाय बमोजिम रहेका छन् ।
इपीएफ आई पोर्टल


कोषको सेवालाई डिजिटलाइजेसन गर्न इपिफ आई पोर्टल सञ्चालनमा ल्याइएको छ । विगतको ई–सर्भिसमा भएका कमीकमजोरीको समाधान भई सञ्चयकर्तालाई कोषको सेवा थप सरल र विश्वसनीय रुपमा उपलब्ध गराउन सो पोर्टल सञ्चालनमा ल्याइएको कोषले जनाएको छ ।
उक्त पोर्टलमार्फत अनलाइन सापटी, स्वास्थ्योपचार सुविधाका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था गरिएको छ । त्यसैगरी २०६२ सालपश्चात् कोषमा आबद्ध सरकारी कर्मचारीको निवृत्तिभरण रकमको जानकारी पनि उपलब्ध छ । सञ्चयकर्ताले  तिर्नुपर्ने ऋण र ब्याजको जानकारी पनि सोही पोर्टलबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । पोर्टलमा अनलाइनबाट विशेष सापटी प्राप्त गर्ने तथा लिएको ऋण कनेक्ट आइपीएसमार्फत तिर्ने सम्बन्धमा म्यानुअल समेत हेर्न सकिन्छ ।

इपीएफ मोबाइल एप


कोषका सम्पूर्ण सुविधा र जानकारीको लागि इपीएफ मोबाइल एप नामक मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याइएको छ । उक्त एपको सहायताले लोन पेमेण्ट क्याल्कुलेटर प्रयोग गरी आफूले तिर्नुपर्ने ऋण र सोको ब्याज गणना गर्न सकिने कोषले जनाएको छ । त्यस्तै एपमार्फत विशेष सापटीको लागि अनलाइन आवेदन पनि दिन सकिन्छ । आर्थिक वर्ष २०६२।२०६३ देखि हालसम्मको स्टेटमेण्ट समेत हेर्न सकिने व्यवस्था छ । एपको सुरक्षाको लागि बायोमेट्रिक लगइनको व्यवस्था गरिएको छ । सञ्चयकर्ताले व्यक्तिगत तथा कार्यालय ग्राहक पहिचान फाराम (केवासी) समेत सोही एपमार्फत भर्न सक्नेछन् ।

डिजिटल फाँटबारी

सञ्चयकर्ताको कोषकट्टी रकम संकलन, लेखाकंन र अद्यावधिक कार्यलाई आधुनिक, वैज्ञानिक, सरल र सहज बनाउन कोषले डिजिटल फाँटबारी प्रयोगमा ल्याइएको छ । यसबाट सञ्चयकर्ताको खाता लेखाकंन तथा व्यवस्थापनमा शुद्धता एवं पारदर्शिता कायम हुने प्रवक्ता सुवेदीको भनाई छ ।डिजिटल फाँटबारीको सहायताले आफ्नो कार्यालय वा आफू बसेको स्थानबाट सजिलै फाँटवारी प्रविष्टि गर्न सकिन्छ । कोषकट्टी फाँटवारी र बैंक भौचरको प्रति कोषमा पठाउनु आवश्यक छैन । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त कुनैपनि बैंकमा रकम जम्मा गर्न सकिन्छ ।फाँटबारी प्रविष्टिको अवस्था हेर्न र प्रविष्टि नभएको भए सो को कारणको समेत जानकारी प्राप्त गर्न सकिन्छ ।

अनलाइन मार्फत सापटी फिर्ता


ग्राहक पहिचान फाराम (केवाइसी) अद्यावधिक भएका सञ्चयकर्ताले कनेक्ट आइपीएसमार्फत सिधै आफ्नो खताबाट सञ्चय कोषमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र कर्जा र घरमर्मत सापटीको साँवा तथा ब्याज तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यसका लागि कनेक्ट आइपीएसमा खाता खोली आफ्नो बैंक खाता लिंक गरेर प्राप्त फर्म सम्बन्धित बैंकबाट स्वीकृत गराउनुपर्दछ । उक्त प्रणालीमार्फत साँवा ब्याज जम्मा गर्दा रकम स्थानान्तरण हुनासाथ सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा हुन्छ । सो प्रणालीबाट हाल प्रतिकारोबार ५ हजार रुपैयाँदेखि नेपाल क्लियरिंग हाउसद्वारा निर्धारित अधिकतम् सीमासम्म सापटी भुक्तानी गर्न सकिनेछ ।
सापटी तथा कर्जा तिर्ने प्रयोजनका लागि भने रु. ५ हजारभन्दा कम रकम पनि ट्रान्सफर गर्न सकिने कोषले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha