Ref. Press Release-10/023-25 विज्ञप्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को डोमेन (www.nrna.org) सँग मिल्दोजुल्दो हुने गरी केही समूहले संघको आधिकारिक इमेल भएको भ्रम सृजना गर्दै विभिन्न व्यक्तिहरुलाई इमेल पठाइएको पाइएकोले त्यसप्रति संघको ध्यानाकर्षण भएको छ ।गैरआवासीय नेपाली संघको आधिकारिक वेबसाइट www.nrna.org भएको यहाँहरुलाई अवगत नै छ । सोहीअनुरुप संघका केन्द्रीय पदाधिकारी, सदस्यहरु तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा महासचिवले समेत संस्थागत (@nrna.org ) इमेल खाता सञ्चालन गर्दै आउनुभएको छ । त्यसैले संघको केन्द्रीय कार्यालयबाट प्रदान गरिएका इमेलमा प्राप्त हुने सूचनाहरु मात्र संस्थागत र आधिकारिक हुने सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले आन्तरिक रुपमा इमेल पठाउँदा जीमेल, हटमेल, याहु वा कुनै व्यक्ति र कम्पनीको इमलेबाट प्राप्त हुने सूचनाहरु मान्य नहुने जानकारी गराइन्छ । विगत केही समयदेखि गैरआवासीय नेपाली संघसँग मिल्दाजुल्दा फेसबुक पेज तथा समूह सञ्चालन गर्ने तथा गैरआवासीय नेपाली संघको लोगो, लेटरप्याड लगायतका सामग्रीहरु कानुनविपरीत दुरुपयोग गर्दै आएको प्रति संघ सचेत रहेको छ । र, त्यस्ता गतिविधिहरुलाई प्रचलित कानूनबमोजिम कारवाही प्रकृयामा अघि बढाइने समेत अवगत गराइन्छ । अतः संघको बारेमा अधिकारिक सूचना चाहिएमा वा विस्तृत जानकारीको लागि info@nrna.org <mailto:info@nrna.org> मा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । फणिन्द्र पन्त प्रवक्ता गैरआवासीय नेपाली संघ २८ डिसेम्बर २०२३ NRNA Secretariat Email:contact@nrna.org Baluwatar, Kathmandu. Phone : 977-01-4526005/4511530 P.O. Box: 1189 Web: www.nrna.org ...
केशब बैरागी माइलो अमेरिका भूटानमा मानव अधिकार सम्बन्धि आवाज उठाएकै कारण ९० को दशकमा १ दशक जेल जीवन बिताकाएका मानव अधिकारवादी नेता टेकनाथ रिजाल नेपाली राजनीतिको चपेटामा नक्कली शरणार्थी मुद्दामा मुछिएका थिए । भूटान र नेपाल दुबै देशमा रिजाललाई दुखदिने...
नवीनसञ्चार सम्वाददाता झापा :-नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४बुलुचोक मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले...
नवीनसञ्चार सम्वाददाता साउदी अरब यस कन्सुलेट जनरल, जेद्दामा राहदानीको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूची बमोजिम १०६८ जनाको विद्युतीय राहदानी (e-passport) तयार भई आएकाले सूची अनुसार नाम भएका आवेदकहरुलाई यस कन्सुलेट जनरलमा आई आफ्नो राहदानी लिनुहुन अनुरोध छ। नवीकरण भएको राहदानी...
भारती न्यौपाने मेरो छेवैबाट उज्यालो बोकेर परसम्म सुस्तसुस्त हिँडिरह्यो एउटा मत्याइलो साँझ, एकमुठी उज्यालो मेरो अनुहारमा पोखेर । कुसुमाकरको आँचलमा सम्झनाका बासनादार कुसुमहरू फुलाएर पर्खिरहेँ म, जहाँबाट ऊ गएथ्यो छोडेर एउटा अनौठो सपना आँखामा सजाएर। हिउँदे रातहरू तपतप सङ्गीतमय शीत भर्दै अन्धकारमा अलिकति जूनको उज्यालो सापटी मागेर दृश्यहरूलाई स्पर्श गर्दैथिए उही...
-रोशन अर्याल नवीनसञ्चार , कतार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन –४’को दोस्रो चरणको छनौट सम्पन्न भएको छ । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’...
नवीनसञ्चार सम्वाददाता साउदी अरब-गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको साथमा प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरबको समन्वय र नेपाली दूतावास रियादको सहकार्यमा नेपाली दूतावास रियाद बाट ५०० किलोमीटर टाढाको क्षेत्रलाई लक्षित आप्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको पूर्वी प्रान्तको...
केशब घिमिरे अमेरिका : पौष ८ प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र उन्नयनका लागि गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफामुखि संस्था ” इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू...
नवीनसञ्चार सम्वाददाता साउदी अरब २९ डिसेम्बर २०२३ मा ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने भएको छ। ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने व्यहोरा सम्पूर्ण महानुभावहरुमा सूचित गरिन्छ ! थप...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha