बुधबार, कार्तिक १२, २०८३ | October 28, 2026

गण्डकी प्रदेश समन्वय परिषद कतारको “सचेतना” कार्यक्रम पूर्ण तयारि अबस्थामा

गण्डकी प्रदेश समन्वय परिषद कतारको “सचेतना” कार्यक्रम पूर्ण तयारि अबस्थामा

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • बुधबार, साउन २२, २०८२

  • 604
    Views
गण्डकी प्रदेश समन्वय परिषद कतारको “सचेतना” कार्यक्रम पूर्ण तयारि अबस्थामा

रोशन अर्याल
संवाददाता
नबिन संचार, कतार ।

गण्डकी प्रदेश समन्वय परिषद कतारले, कतारमा कार्यरत श्रमिकहरु लाई लक्षित गरेर सचेतना कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा मुख्य पाँचओटा विषयबस्तु माथि केन्द्रित गरेर:सुरक्षा,सचेतना एवंम् व्यक्तित्व बिकाश कार्यक्रम २०२५” प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । कतारको कानूनी व्यवस्थाका बारेमा जानकार नभएर अफ्ट्यारो अबस्थामा कोहि पनि नपरोस भन्ने हेतुले कतार मुलुकको ऐन, कानुनका सम्बन्धमा प्रो. श्री मोहम्मद रमजान अलि मियाँले प्रशिक्षण दिनुहुने छ, बिशेष गरेर कतारमा कार्यरत  श्रमिकहरु प्रतिकूल मौसमहरु मा पनि कार्यस्थल तथा अन्य स्थानहरु मा आपनाउनु पर्ने सतर्कता बारे तथा स्वास्थ्य, सुरक्षा एवम वातावरण सम्बधित जनचेतना श्री बिमल सुबेदिले प्रशिक्षण दिनुहुने छ, हाल बैदेशिक रोजगारीका लागि जानु हुने नेपालीहरुका लागि अनिवार्यरुपमा रहेको सामाजिक सुरक्षा बारेमा प्रशिक्षण श्री अर्जुन पौडेलले दिनुहुने छ । जीवन-बिज्ञान सम्बन्धि जिउने कला, योग ध्यान मार्फत स्वस्थ रहने, अनि रक्तदानका सम्बन्धमा श्री रामजी खत्रीले प्रशिक्षण दिनुहुने छ । बैक तथा वित्तीय सस्थाहरु मार्फत सुरक्षितरूपमा कारोबार रेमिटेन्स तथा बैकिङ साक्षरताका सम्बन्धमा आईएमी लिमिटेड कतारका कन्ट्री हेड़ श्री हेमराज सुबेदी, ग्लोबल आईएमी लिमिटेड कतारका श्री प्रशान्त के.सी., नबिल बैक कतारका कन्ट्री म्यानेजर श्री दिपेन्द्र पौडेलले प्रशिक्षण दिनुहुने छ । प्रदेशले गत वर्ष पनि स्वास्थ सम्बन्धित सचेतना कार्यक्रम आयोजना गरि नेपालका प्रसिद्ध मनोरोग विश्लेषक वाशु आचार्यलाई आमन्त्रण गरेर भब्य कार्यक्रम सम्पन्न गरेको थियो । यो बर्ष पनि मुख्यतया श्रमिकहरु लाई लञ्छित गरि फरक-फरक विधाहरुमा प्रशिक्षण कार्यक्रम राखिएको हुनाले जो कोहि पनि सहभागी भएर प्रशिक्षित हुन सक्ने प्रदेशका अध्यक्ष नन्दलाल बिस्वकर्मा (अजय) ले जानकारी दिएका छन् ।

प्रशिक्षण तथा संचेतना कार्यक्रम भएकाले सबै बिषय बस्तुहरु समेट्नका लागि बक्ताहरु नरहेको र सहभागीहरु लाई झिंजो महशुस नहोस भन्नका निमित्त साहित्यकार तथा प्रदेशका सल्लाहकार समेत रहनु भएका श्री सिताराम थापा ज्यूबाट रोचक अनि रमाईला कबिता, मुक्त्तकहरु वचन गर्ने कार्यक्रम रहेको प्रदेशका महासचिव मनप्रसाद रानामगरले बताएका छन्,कार्यक्रममा उपस्थितिका लागि दोहाका बिबिन्न ठाउँहरु बाट यातायातको ब्यबस्था गरिएको र यातायातका सुबिधाका लागि यातायात संयोजक घनश्याम जैसीलाई (५११०४५३३) नम्बरमा सम्पर्कको लागि अनुरोध गरिएको छ । सह-आयोजक जिल्ला सस्थाहरु ले आफ्नो जिल्लामा अबस्थित पुरातात्विक एवंम् प्रसिद्ध स्थानहरु लाई पर्यटक पर्बद्वनका निमित्त भिडियोग्राफी मार्फत देखाईने छ। जीवन बिज्ञान कतार र नेपाली रक्तदाता संघ कतार अबध्द रहेको कार्यक्रममा प्रदेशका सक्रिय नौओटा जिल्लाहरु, क्रमश: कार्की आदर्श समाज कतार, स्याङ्गजा सहयोग समाज कतार, बाग्लुंग सेवा समाज कतार, पर्बत समाज कतार, गोरखा सेवा समाज कतार, म्याग्दी प्रवासी नेपाली संघ कतार, तनहु सेवा समाज कतार, लमजुंग सेवा समाज कतार, नवलपुर सेवा समाज कतार सह-आयोजक रहेका छन्, अल थुमामा अबस्थित दि अट्रियम सभाहलमा, यहि ८ अगष्ट शुक्रबार दिनको १२.३० बजे देखि शुरुहुने कार्यक्रम निर्धारित समयमै शुरु तथा अन्त हुने भएकाले समयमा उपस्थित हुनका लागि कतारवासी सम्पूर्ण नेपालीहरु लाई अपिल गर्दै कार्यक्रम पूर्ण तयारी अबस्थामा पुगेको कार्यक्रम संयोजक कल्याण थापाले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार
अपाङ्गता भएका व्यक्तिहरूको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने  लन्डन। बेलायतमा क्रियाशील गुल्मी जिल्ला समाज यूकेले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशिताको सन्देश फैलाउने उद्देश्यसहित च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ।  लेस्टरशायरको मार्केट हार्बरोमा आगामी ६ डिसेम्बर २०२६, आइतबार आयोजना हुने कार्यक्रममा सामाजिक सेवासँगै नेपाली कला, संस्कृति र मौलिक परम्परालाई समेत प्राथमिकता दिइनेछ।  अपाङ्गता भएका व्यक्तिहरूको हकहित र समान अवसरका विषयलाई समाजमा स्थापित गर्न जनचेतना अभिवृद्धि गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। यस्ता गतिविधिले सामाजिक उत्तरदायित्वबोध बढाउनुका साथै समुदायमा सहयोग, सद्भाव र मानवीय संवेदनाको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।  कार्यक्रममा प्रथम गुल्मी नौमती बाजा समूहले विशेष सांगीतिक प्रस्तुति दिनेछ। नेपाली मौलिक संस्कृतिको पहिचानका रूपमा रहेको नौमती बाजाको प्रस्तुतिले कार्यक्रममा सांस्कृतिक रौनक थप्ने विश्वास गरिएको छ।  दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा वयस्कका लागि ३० पाउन्ड र ६ देखि १४ वर्षसम्मका बालबालिकाका लागि १५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ। पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकले भने निःशुल्क प्रवेश पाउनेछन्। सहभागीका लागि खानाको व्यवस्था पनि प्रवेश शुल्कमै समावेश गरिएको छ।  समाजका प्रवक्ता सुरेश केसीले कार्यक्रमको समन्वय गरिरहेका छन्। समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमलाई सफल बनाउन बेलायतमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा सामाजिक सेवामा रुचि राख्ने सबैलाई सहभागिताका लागि निमन्त्रणा गरेकी छन्।  सामाजिक सेवाको भावनालाई सामुदायिक एकता र नेपाली सांस्कृतिक पहिचानसँग जोड्ने यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान र सहयोगको वातावरण निर्माण गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
ताजा अपडेट

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha