शनिबार, मंसिर १३, २०८३ | November 28, 2026

प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल सुदूरपश्चिम प्रदेशको तीन दिवसीय अभ्यास वर्ग लम्कीमा सुरु

प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल सुदूरपश्चिम प्रदेशको तीन दिवसीय अभ्यास वर्ग लम्कीमा सुरु

  • Naveen Sanchar

  • शुक्रबार, मंसिर १२, २०८३

  • 18
    Views
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल सुदूरपश्चिम प्रदेशको तीन दिवसीय अभ्यास वर्ग लम्कीमा सुरु

कैलाली, ११ मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालका प्रदेशका प्रमुख कार्यकर्ताहरूको वैचारिक, व्यावहारिक, सांगठनिक एवम् सामाजिक विषयप्रतिको स्पष्टता र समझदारी विकास गर्ने उद्देश्यले आयोजित तीन दिवसीय अभ्यास वर्ग सुदूरपश्चिम प्रदेशको कैलालीस्थित लम्कीमा सुरु भएको छ।

प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको उक्त अभ्यास वर्ग मंसिर ११, १२ र १३ गतेसम्म सञ्चालन हुनेछ। अभ्यास वर्गमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट करिब ८० जना कार्यकर्ताहरूको सहभागिता रहेको छ।

कार्यकर्ताहरूमा वैचारिक स्पष्टता अभिवृद्धि गर्नुका साथै सांगठनिक विषयको गहिरो समझदारी विकास गर्ने, सामाजिक विषयप्रतिको दृष्टिकोण निर्माण गर्ने तथा व्यवहारिक विषयहरूको ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले अभ्यास वर्ग आयोजना गरिएको हो।

तीन दिनसम्म सञ्चालन हुने अभ्यास वर्गमा विभिन्न वैचारिक, सांगठनिक, सामाजिक तथा व्यावहारिक विषयमा प्रशिक्षण, छलफल र अन्तरक्रियामार्फत कार्यकर्ताहरूको क्षमता अभिवृद्धि गरिनेछ।

सातै प्रदेशका तिन तिन दिनका वर्ग छुट्टाछुट्टै मितिमा हुनेछन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha