सोमवार, मंसिर ८, २०८३ | November 23, 2026

गुरुनानकको सन्देश आज पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति पौडेल

गुरुनानकको सन्देश आज पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति पौडेल

  • Naveen Sanchar

  • सोमवार, मंसिर ८, २०८३

  • 1
    Views
गुरुनानकको सन्देश आज पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति पौडेल

नवीनसञ्चार संवाददाता

काठमाडौँ, मङ्सिर ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सिख धर्मका प्रवर्तक गुरुनानकले दिनुभएको सत्य, करुणा, परोपकार, सहिष्णुता र मानव सेवाको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको बताउनुभएको छ । सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा मङ्गलबार शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन सिख धर्मावलम्बीहरूले आस्था र भक्तिभावका साथ गुरुनानकको जन्मजयन्ती मनाउने गर्दछन् । शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले गुरुनानकले समाजमा विद्यमान अन्धविश्वास, रूढिवादी परम्परा, जातीय विभेद र असमानताको अन्त्य गर्दै समतामूलक, न्यायपूर्ण र सभ्य समाज निर्माणका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभएको छ । “गुरुनानकले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र लोककल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु,” सन्देशमा भनिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha