आइतवार, मंसिर ७, २०८३ | November 22, 2026

नेपालभाषा केन्द्रीय विभागमा पुरस्कार वितरण

नेपालभाषा केन्द्रीय विभागमा पुरस्कार वितरण

  • Naveen Sanchar

  • आइतवार, मंसिर ७, २०८३

  • 1
    Views
नेपालभाषा केन्द्रीय विभागमा पुरस्कार वितरण

काठमाडौँ, मंसिर ६ गते । नेपालभाषा केन्द्रीय विभागमा आइतवार कामनपा कावा मेयर सुनिता डंगोल विभिन्न पुरस्कार प्रदान गर्नुभयो ।
विभागका प्रमुख डा. बज्रमुनि बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैकुण्ठ प्रसाद लाकौलले स्थापना गर्नुभएको पुरस्कारलाई निरन्तरता दिन उहाँको परिवार थप पुरस्कारहरु प्रदान गर्दै आएको हो ।
दुई/दुई वर्षमा प्रदान आएको विविध पुरस्कारहरुमध्ये ‘वैकुण्ठ लाकौल सिरपाः’ प्राध्यापन, पत्रकारिता, राजनीति, कूटनीति क्षेत्रको साथसाथै नेपालभाषा साहित्य क्षेत्रमा गर्दै आउनुभएको अतुलनीय योगदानको निम्ति हिरण्यलाल श्रेष्ठलाई प्रदान गरियो ।
त्यसैगरी महिला शिक्षित भएमा उसबाट गुणात्मक रुपं शिक्षित हुँदै जाने उद्देश्यले स्थापना भएको विविध पुरस्कारमध्ये ने.सं. ११४४, ११४५ मा नेपालभाषा स्नातकोत्तर तहमा उत्कृष्ठ अंक प्राप्त गर्न सफल विद्यार्थीमध्ये प्रथम नितु डंगोल र शकुन्तला महर्जनलाई ‘चैन लाकौल सिरपाः’, द्वितिय हसना महर्जन र रमिना महर्जनलाई ‘तारा लाकौल सिरपाः’, स्रिस्ना कंसाकार, मिला शाक्य र सबिना डंगोललाई ‘रजनि लाकौल सिरपाः’ प्रमुख अतिथि कामनपा कावा मेयर डंगोलले प्रमाणपत्र र दाताहरु ब.ई. श्रीकण्ण्ठ लाकौल, इरा श्रेष्ठ, मिरा श्रेष्ठ र रजनी लाकौलल नगद राशि प्रदान गर्नुभयो ।
पुस्तकालय स्थापना गर्दा जरिवाना तिर्नुपर्ने समयदेखिनै पूर्व राजदूत श्रेष्ठको पुस्तकालय खोल्ने इच्छा हिरण्य अन्तर्राष्ट्रिय मैत्री पुस्तकालय स्थापना गरी कामनपा कावा मेयर सुनिता डंगोलले पूरा गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यसैगरी उमेर भन्दा बढी बौद्धिक सक्रिय व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेकोले कावा मेयर डंगोल पुरस्कार मूल्यांकन समितिलाई धन्यवाद दिनुभयो ।
उप प्राध्यापक राजित बहादुर श्रेष्ठद्वारा स्वागत गरेको कार्यक्रममा विभागका संस्थापक प्रमुख डा. सुन्दर कृष्ण जोशी, प्रा. प्रेम शान्ति तुलाधर, प्रा.डा, ओमकारेश्वर श्रेष्ठ, डा. राजनलाल जोशी, डा. चन्द्रमान बज्राचार्य र पाटन क्याम्पस प्रमुख डा. रघुविर विष्टले मन्तव्य राख्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha