काठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतका लागि भारतमा भव्य तयारी गरिएको छ ।
भारतको दिल्ली गेट, हैदराबाद हाउस, ताज होटल आसपास दुई देशका प्रधानमन्त्रीको तस्बिर तथा नेपाली झण्डा फहराईएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल दिउँसो १.४५ बजे बजे नेपाली ध्वजावाहक विमानमार्फत भारत प्रस्थान गर्दैछ । भ्रमणको सबै तयारी पूरा भएको र अब प्रस्थानको अन्तिम तयारी चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँ त्रिभुवन विमानस्थल आउनुहुने भएपछि त्यहाँ उच्च सुरक्षा व्यवस्था गरिदैँछ ।