चीनियां राष्ट्रपति सी जीनपीङ, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमीर पुटीन बीच चीनको औद्योगिक नगरी शेन्जेनमा १९ नोभेम्बर २०२६ मा त्रिपक्षीय शिखर बैठक सम्पन्न भयो।
यस शिखर बैठक सन् १९४५ फेब्रुअरी ४-११ मा रुसी नगरी क्रिमियाको ऐल्टामा दोश्रो विश्वयुद्ध अन्त्यको पूर्वसन्ध्यामा तत्कालीन अमेरिकी राष्ट्रपति रुजभेल्ट, ब्रिटिश प्रधानमन्त्री चर्चिल र सोभियत प्रधानमन्त्री स्टालिन बीच भएको शिखर सम्मेलनको झझल्को दिने खालको छ। तर, आजको यस शेन्जेन शिखर बैठकमा ग्रेट-ब्रिटेन र यूरोप महाशक्तिका कुनै नेता सहभागी छैनन् ।
ऐल्टा शिखर सम्मेलनले युद्धरत हिटलरको जर्मनी र जापानलाई आत्मसमर्पण गर्न लगाई दोश्रो विश्वयुद्ध अन्त्य गरी संयुक्त राष्ट्र संघको स्थापना, नयाँ विश्व व्यवस्थाको सिर्जना, युद्धमा पराजीत जर्मनी र जापानको व्यवस्थापन र यूरोपको पुनर्निर्माणका ठूला कदमहरु लिईएको थियो।
ब्रिटेन र यूरोपको सहभागिता बिनाको शेन्जेन शिखर बैठकले राष्ट्रसंघको पुनर्संरचना गर्ने, तेलको यथेष्ट उत्पादन बढाउने, अन्तर्राष्ट्रिय न्यायालयको सदुपयोग गर्ने, आणविक हतियारको युद्ध रोकी विश्वमा शान्ती तथा सुरक्षा कायम गर्ने जस्ता ४ बुँदे कम्युनिकि जारी गरेको छ ।
यस शेन्जेन शिखर बैठकमा अनुपस्थित यूरोपका नेताहरुले शेन्जेन शिखर बैठकलाई दोश्रो ऐल्टा शिखर सम्मेलन जस्तो देखाउन खोजिए पनि आफूहरुको अनुपस्थितीमा भएको यो शिखर बैठक केवल फोटो अपरच्युनिटीको लागि मात्र काम लाग्ने भनेका छन्।
यूरोपको टिप्पणी आफैमा तर्कसंगत छ, तथापी हालको बिश्वका तीन शक्तिशाली राष्ट्रहरु अमेरिका, चीन र रुसले विश्व शान्ती र शान्तिपूर्ण सहअस्तित्वलाई स्विकार गरी आपसमा मिलेर काम गर्ने कुरा गर्नु आफैमा स्वागतयोग्य कुरा छ ।
नेपाल जस्तो भूराजनीतिको चपेटामा पिल्सिएको देशले विश्व राजनीतिमा बिकसित यस्ता सकारात्मक कदमहरुलाई समयमै मनन गर्न सक्नुपर्छ र यसलाई “समृद्ध नेपाल, सुखी नेपाली” अभियानमा जोड्न सक्नुपर्छ ।
धन्यवाद।
सबैको दिन सुखमय रहोस्।
शुभ दिन ।
– भक्त गुरुङ, युके
२१ नोभेम्बर २०२६