काठमाडौँ, मङ्सिर ५ । सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री महामहिम फुजी काजुहिरो (FUJII Kazuhiro) ले शनिबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सम्पन्न उक्त भेटवार्तामा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
शनिबार राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उक्त भेटवार्ताबारे जानकारी दिइएको हो।