१८ कार्तिक, काठमाडौं । कीर्तिपुर नगरपालिकामा दुई दिने तालिम सर्प उद्धार, तालिम सम्पन्न गरिएको छ ।
नगर प्रहरीलाई लक्षित गरि संचालन गरिएको तालिमको मुख्य उद्देश्य सर्पका विभिन्न प्रजातिको पहिचान गर्ने, विषालु तथा अविषालु सर्प छुट्याउने, सर्प उद्धारका सुरक्षित विधिबारे व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने र मानव तथा सर्प बीचको द्वन्द्व न्यूनीकरण गर्नु रहेको जनाएको छ ।
सर्पविज्ञ कमल देवकोटा र जिल्ला वन डिमिजन कार्यालयका पशुविज्ञ सुबोध आचार्यद्वारा सैद्धान्तिक र व्यवहारिक अभ्याससमेत गराइएको
उक्त तालिमबाट नगर प्रहरीहरूमा सर्प सम्बन्धी सचेतना, उद्धार सीप र विपद्का समयमा सुरक्षित रूपमा प्रतिक्रिया जनाउने क्षमता अभिवृद्धि हुने विश्वास लिइएको छ। तालिममा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको पनि सहभागिता रहेको जनाएको छ । सर्पलाई नमारौँ, सुरक्षित रूपमा उद्धार गरौँ । मानव र सर्प दुवैको जीवनको रक्षा गरौँ ।
