मङ्लबार, कार्तिक १८, २०८३ | November 3, 2026

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक १८, २०८३

  • 76
    Views
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै

नवीनसञ्चार सम्वाददाता, काठमाडौँ ।  श्रमजीवी नेपालीको अधिकार, वंशीय नागरिकताको सुनिश्चितता र समृद्ध नेपाल निर्माणको सङ्कल्पसहित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन तथा उद्घाटन समारोह आगामी कार्तिक १८ र १९ गते काठमाडौंमा भव्य रूपमा आयोजना हुने भएको छ।

विश्वभर छरिएर रहेका नेपालीहरूलाई साझा एजेन्डा र उद्देश्यमा गोलबन्द गर्ने तथा मातृभूमिको विकासप्रति उत्तरदायी बनाउने मुख्य उद्देश्यका साथ यस महाधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य विवरण:

  • उद्घाटन समारोह मिति: २०८३ कार्तिक १८ गते, बुधबार

  • समय: बिहान ११:०० बजे

  • स्थान: कार्की बैङ्क्वेट, बबरमहल, काठमाडौं

महाधिवेशनका प्रमुख मुद्धाहरू:

  • श्रमिक अधिकारको रक्षा र प्रभावकारी कार्यान्वयन।

  • वंशीय नागरिकताको पूर्ण सुनिश्चितताको माग।

  • प्रवासी नेपालीहरूको हकहित, पारस्परिक एकता र आपी सद्भावलाई थप सुदृढ बनाउने।

  • मातृभूमिप्रतिको दायित्व र जिम्मेवारीबोधलाई मूर्त रूप दिन छलफल तथा रणनीति निर्माण गर्ने।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ, दिदीबहिनी, बुद्धिजजीवी, सञ्चारकर्मी तथा महानुभावमा गरिमामय उपस्थितिका लागि सादर आमन्त्रण गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha