सोमवार, कार्तिक १७, २०८३ | November 2, 2026

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेटवार्ता

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १७, २०८३

  • 4
    Views
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेटवार्ता

 

कात्तिक १६- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपालबेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ।

भेटका अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) लगायतका विषयमा सहयोग र सहकार्यबारे छलफल भएको थियो।

यसैगरी, दुई देशबीच आपसी हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयलगायतका विषयमा समेत छलफल भएको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha