सोमवार, कार्तिक १७, २०८३ | November 2, 2026

त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा बुर्लाकोटी

त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा बुर्लाकोटी

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १७, २०८३

  • 32
    Views
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा बुर्लाकोटी

नवीनसञ्चार सम्वाददाता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्षमा डा गोकुलप्रसाद बुर्लाकोटी नियुक्त हुनुभएको छ । बुर्लाकोटी ऋण असुली न्यायाधिकरणका पूर्व अध्यक्ष हुनुहुन्छ ।

आयोगका सदस्यमा प्राडा योगेन्द्रबहादुर गुरुङ र डा. कविताराज पौडेल (खाती) लाई नियुक्त गरिएको त्रिविले जनाएको छ । गत असोज २२ गते विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको त्रिवि सभाको साधारण सभाको बैठकले यस विषयमा निर्णय गरेको थियो ।

यसबिचमा दसैं तथा सार्वजनिक बिदा परेका कारण उहाँहरुलाई सोमबार मात्रै त्रिवि उपकुलपति कार्यालयले नियुक्तिपत्र दिएको छ ।

उहाँहरुलाई त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बनधी नियम, २०५० को नियम १०८ बमोजिम नियुक्त गरिएको हो । त्रिविको पुनरावेदन आयोगले विश्वविद्यालयका शिक्षक, कर्मचारी वा विद्यार्थीका विभिन्न प्रशासनिक तथा कानुनी मुद्दा र पुनरावेदन हेर्ने गर्दछ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha