सोमवार, कार्तिक १७, २०८३ | November 2, 2026

हरर फिल्म फेस्ट सम्पन्न

हरर फिल्म फेस्ट सम्पन्न

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १७, २०८३

  • 8
    Views
हरर फिल्म फेस्ट सम्पन्न

काठमाडौँ । हरर फिल्म फेस्ट (केएचएफएफ)को दोस्रो संस्करण  काठमाडौंमा सम्पन्न भएको छ।

महोत्सवमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।  नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्रका प्रदर्शनमा हल भरिएको थियो।

समापन समारोहमा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका  कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी संघीय दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, रसियन हाउस काठमाडौँकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान (एनएफसीए)का अध्यक्ष केपी पाठकको गरिमामय उपस्थिति रहेको थियो।

महोत्सवको समापन मोराद मुस्तफाद्वारा निर्देशित ‘आयशा कान्ट फ्लाई अवे’बाट भएको थियो। इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको १२० मिनेट अवधिको यो फिल्म काइरोको ऐन शम्स बस्तीमा बस्ने २६ वर्षीया अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको कथामा आधारित छ। इजिप्टी र अफ्रिकी आप्रवासी बीचको तनावका बीच गिरोहको नियन्त्रणमा रहेको बस्तीमा आयशाले भोग्नुपरेको संघर्ष फिल्मले देखाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha