बिहिबार, कार्तिक १३, २०८३ | October 29, 2026

एनआरएनएका एनसीसी पदाधिकारीको क्षमता अभिवृद्धिका लागि तीनदिने रणनीतिक कार्यशाला सुरु

एनआरएनएका एनसीसी पदाधिकारीको क्षमता अभिवृद्धिका लागि तीनदिने रणनीतिक कार्यशाला सुरु

  • Naveen Sanchar

  • बुधबार, कार्तिक १२, २०८३

  • 10
    Views
एनआरएनएका एनसीसी पदाधिकारीको क्षमता अभिवृद्धिका लागि तीनदिने रणनीतिक कार्यशाला सुरु

आईएलओ र स्विस सरकारको सहकार्यमा अक्टोबर ३० सम्म सञ्चालन हुने कार्यशाला नेतृत्व विकास र संस्थागत सुदृढीकरणमा केन्द्रित

नवीनसञ्चार सम्वाददाता

काठमाडौं, १२ कात्तिक।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूको नेतृत्व क्षमता, रणनीतिक योजना निर्माण तथा संस्थागत कार्यसम्पादन अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने रणनीतिक कार्यशाला सुरु भएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ र स्विस सरकारको सहकार्यमा MiRiDeW परियोजनाको दोस्रो चरणअन्तर्गत आयोजित ‘स्ट्राटेजिक क्यापासिटी बिल्डिङ वर्कसप’ अक्टोबर २८ देखि ३०, २०२६ सम्म सञ्चालन हुनेछ।

कार्यशालामा एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष कृष्ण तिमल्सिना, सचिव दीपेश खत्री, युरोप क्षेत्रीय महिला उपसंयोजक किरण सिग्देल तथा राधालगायत सहभागी छन्। त्यसैगरी एनसीसी यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा संघको सचिवालयका कर्मचारीहरूको पनि सहभागिता रहेको छ।

कार्यशालाको मुख्य उद्देश्य सहभागीहरूको नेतृत्व क्षमता विकास गर्नुका साथै रणनीतिक योजना निर्माण, संस्थागत व्यवस्थापन र कार्यसम्पादन क्षमतामा सुधार ल्याउनु रहेको छ। कार्यशालामार्फत सहभागीहरूलाई संस्थाको उद्देश्यअनुरूप प्रभावकारी योजना निर्माण, कार्यान्वयन तथा संस्थागत जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गरिनेछ।

कार्यशालाले राष्ट्रिय समन्वय परिषद्हरूको संस्थागत प्रभावकारिता बढाउन, पदाधिकारी तथा सचिवालयबीचको समन्वय सुदृढ बनाउन र संघका उद्देश्य तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

गैरआवासीय नेपाली संघको सचिवालयले उपलब्ध गराएको जानकारीअनुसार कार्यशाला संस्थागत क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित छ। कार्यशालाले विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबीच अनुभव आदानप्रदान, आपसी समन्वय र संस्थागत कार्यसम्पादनमा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha