काठमाडौँ, १० कात्तिक । इक्रा नेपाल लिमिटेडले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) अन्तर्गत‘एएमसी क्वालिटी ३’ रेटिङ पुनःपुष्टि गरेको छ।
सो रेटिङ प्राप्त गर्ने संस्थाको व्यवस्थापन गुणस्तरलाई पर्याप्त मात्रामा आश्वस्त हुन सकिने किसिमको रूपमा लिइन्छ।
इक्रा नेपालले एक विज्ञप्ति जारी गर्दै सो रेटिङ सम्बन्धित व्यवस्थापकद्वारा सञ्चालित वा व्यवस्थापन गरिएका योजनाको कानुनी पालना, वित्तीय कार्यसम्पादन वा भविष्यको कार्यसम्पादनबारेको औपचारिक राय वा टिप्पणी भने नरहेको जनाएको छ।