मङ्लबार, कार्तिक ११, २०८३ | October 27, 2026

बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटीबिच सहकार्यका लागि समझदारी

बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटीबिच सहकार्यका लागि समझदारी

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ११, २०८३

  • 2
    Views
बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटीबिच सहकार्यका लागि समझदारी

मकवानपुर, कात्तिक १० गते । हेटौँडामा केन्द्रीय कार्यालय रहेको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्यका लागि समझदारी गरिएको छ ।

बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच शैक्षिक सहकार्य सुदृढ गर्न र भविष्यमा आपसी सहयोगलाई प्रवर्धन गर्न इसियुटीमा आयोजित एक कार्यक्रममा दुई विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका उपाध्यक्ष प्रा. डा. देङ जुजीले हस्ताक्षर गर्नुभएको बागमती विश्वविद्यालयले जनाएको छ ।

सो सम्झौता विद्यार्थी आदानप्रदान कार्यक्रम, संकाय विकास, संयुक्त अनुसन्धान गतिविधिहरू र दोहोरो उपाधि (डुअल–डिग्री) कार्यक्रमका अवसरहरूको खोजीलगायत आपसी शैक्षिक चासोका अन्य क्षेत्रहरूमा केन्द्रित रहेको छ । उक्त साझेदारीले शैक्षिक गुणस्तर वृद्धि गर्ने, अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानलाई प्रवर्धन गर्ने र अनुसन्धान सहकार्यलाई बलियो बनाउने लक्ष्य राखेको छ ।

हस्ताक्षर समारोहमा बाग्मती विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुम राज सुवेदी, विश्वविद्यालयका अन्तर्राष्ट्रिय तथा जनसम्पर्क केन्द्रका निर्देशक डा. ताराप्रसाद बञ्जाडे र इसियुटीका अन्तर्राष्ट्रिय सहयोग तथा आदानप्रदान कार्यालयका निर्देशक प्रा. यु जेनको उपस्थिति रहेको थियो । उपाध्यक्ष सुवेदीले सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययनरत विद्यार्थीको अनुभव साटासाट र क्षमता अभिवृद्धिमा सहयोग गर्नु समझदारीको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

उहाँले समझदारीअनुसार विद्यार्थी आदानप्रदान, प्राध्यापकको क्षमता विकास, संयुक्त अनुसन्धान तथा दोहोरो उपाधि कार्यक्रम सञ्चालनका सम्भावनालगायतका क्षेत्रमा सहकार्य गरिने बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha