बुधबार, कार्तिक १२, २०८३ | October 28, 2026

कोरियामा नेपालीपनको प्रवर्धन

कोरियामा नेपालीपनको प्रवर्धन

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ११, २०८३

  • 3
    Views
कोरियामा नेपालीपनको प्रवर्धन

छाङ्वन (दक्षिण कोरिया), कात्तिक १० गते । दुई दिनदेखिको झरिले आँखा उघारेको थिएन। दक्षिण कोरियाको पनि करिब सबैभन्दा दक्षिणमा पर्ने छाङ्वान योङजि साँस्कृतिक पार्कुमा नेपाली पहिचान झल्काउन कलाकार तम्तयार भइहाले ।

दुई दिनदेखि जारी सिमसिमे झरिमा दिनभर भिज्दै रातिको ९ः०० बजेसम्म कला प्रदर्शन गरे । एशियाका १६ वटा विभिन्न देशले यसैगरी आफ्नो देशको मौलिकता झल्काउने प्रदर्शनि देखाए।

ख्यङनाम नेपाली समाजका अध्यक्ष रबि खवासका अनुसार विगत १६ वर्षदेखि प्रत्येक वर्ष प्रान्तीय सरकारले आयोजना गर्ने यो कार्यक्रममा सन् २०२३ देखि नेपाली समाजले निरन्तर सहभागिता जनाउँदैआएको छ। ुहामी जहाँ गए पनि नेपाली मन मुटु लिएर गएका हुन्छौ खवासले भन्नुभयो, “प्रवासमा रहे पनि देशको लागि केही गरौँ भन्ने सोचेर कार्यक्रममा सहभागिता जनाउँदैआएका छौँ ।”

सन् २०११ मा यसै क्षत्रको कोरियन नागरिकसँग बिहे गर्नुभएकी बाला राईका अनुसार प्रान्तीय सरकारले यो कार्यक्रम सुरू गर्दा यस क्षेत्रमा नेपालीहरू फाट्टफुट्ट मात्र देखिन्थे । अहिले यो क्षेत्रमा नेपालीहरूको संख्या बढ्दैछ।

गत वर्ष करिब तीन हजार नेपालीको सहभागिता थियो, आयोजक समिति सदस्य योगिता गौतमले भन्नुभयो, “यो पटक थपिने अपेक्षा थियो । पानीले डिस्टर्भ गरेकाले संख्या कम भयो ।”

तीन दिन लगातार विभिन्न कार्यक्रमका साथ आयोजना हुने यो कार्यक्रमको दोस्रो दिन आइतबार दिउँसो प्रत्येक देशले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा नेपालबाट आमन्त्रण गरिएका कलाकार बबिना किरातीले प्रस्तुति दिनुभयो । दर्के झरिमा उहाँको  प्रस्तुतिलाई साथ दिँदै नेपाली दर्शकहरू छमछमी नाचेका थिए ।

कार्यक्रम स्थलमै भेटिनुभएको कोरियाका लागि कार्यबाहक नेपाली राजदूत निर्मल भट्टराईले भन्नुभयो,  “हाम्रो बजेट सीमित्ताका कारण प्रभावकारी उपस्थिति जनाउन सकिरहेका छैनौँ ।” कार्यक्रममा यो वर्ष चीन, श्रिलङ्का, बंगलादेश, पाकिस्तान, कम्बोडिया, इन्डोनेशिया, भियतनाम लगायत १६ देशको सहभागिता थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha