आइतवार, कार्तिक ९, २०८३ | October 25, 2026

बाढीपीडितको घाउमा प्याब्सनको मल्हम

बाढीपीडितको घाउमा प्याब्सनको मल्हम

  • Naveen Sanchar

  • बुधबार, अशोज २८, २०८३

  • 91
    Views
बाढीपीडितको घाउमा प्याब्सनको मल्हम

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ, असोज २८ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले भाद्र १० गतेको भोटेकोशी र त्रिशूली बाढीका कारण वेपत्ता तथा मृत्यु हुनु भएका व्यक्तिका परिवार, घरबारविहीन हुनु भएका २५ जना सञ्चालक र गुठियारका लागि राहतस्वरूप प्रति व्यक्ति नगद ७५ हजार रुपैयाँ उपलब्ध गराएको छ । साथै ५८ जना शिक्षक र कर्मचारीका लागि राहतस्वरूप प्रति व्यक्ति नगद ६० हजार रुपैयाँका दरले उपलब्ध गराएको प्याब्सन नुवाकोट अध्यक्ष पुरुषोत्तम अधिकारीले बताउनुभयो ।

उक्त कार्यमा सहयोग र सहजीकरण गर्नुहुने प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष, विपद व्यवस्थापन समिति, प्रदेश समिति, जिल्ला समिति र देशभरका प्याब्सनिष्ट महानुभावमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरिएको छ ।

प्याब्सन नुवाकोटले बाढीबाट पूर्णरूपमा क्षति भएका उत्तरगया पब्लिक इङ्गलिस स्कुल बेत्रावती, मोर्डन ट्रिनिटी, रामचन्द्र आधारभूत लगायतका विद्यालयका करिब २०० जना विद्यार्थीलाई पाठ्यपुस्तक, स्टेशनरी, पोशाक लगायतका आवश्यक सामाग्री सहित निशुल्क अध्ययनको व्यवस्था गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha