शुक्रबार, कार्तिक ७, २०८३ | October 23, 2026

स्पेनको कोस्टाब्लाङ्कामा प्रकाश सपुतको सांगीतिक प्रस्तुतिसहित बडादसैँ कार्यक्रम सम्पन्न

स्पेनको कोस्टाब्लाङ्कामा प्रकाश सपुतको सांगीतिक प्रस्तुतिसहित बडादसैँ कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, कार्तिक ७, २०८३

  • 18
    Views
स्पेनको कोस्टाब्लाङ्कामा प्रकाश सपुतको सांगीतिक प्रस्तुतिसहित बडादसैँ कार्यक्रम सम्पन्न

नवीनसञ्चार संवाददाता

बेनिडर्म, स्पेन। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्पेनको कोस्टाब्लाङ्कामा बडादसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्का र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काको संयुक्त आयोजनामा बुधबार, २१ अक्टोबर २०२६ मा बेनिडर्मस्थित होटल मारिनामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा चर्चित गायक तथा सर्जक प्रकाश सपुतले आधा दर्जनभन्दा बढी गीत प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए। उनले ‘गलबन्दी च्यातियो’, ‘तिम्रो मायाले मलाई’, ‘डाँडा घरे साइँला’ र ‘आयो तेरो सर’ लगायतका गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय कलाकार स्वीता धिताल (कोरियोग्राफर साईरा गुरुङ, मार्बी भट्टराई, प्रणिश पौडेल, शितोष्णा गुरुङ, कुलभाइ र बृत्ति पण्डित पाठकलगायतले पनि सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। स्थानीय कलाकारहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो।

नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष केसरबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकी सहभागी थिए। एनआरएनए स्पेनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल थापा प्रमुख अतिथि र अनुसन्धानकर्ता डा. भोजविक्रम बुढामगर विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवं संरक्षक रितेश श्रेष्ठ, संरक्षक तथा सगरमाथा आरोही अक्कल बोहोरा, संरक्षक केशवराज कँडेल, बिनोद शेरचन, एनआरएनए स्पेनका उपाध्यक्ष एवं संरक्षक देवराज सापकोटा, एनआरएनए स्पेनका सचिव एवं संरक्षक नवराज दुवाडी तथा एनआरएनए कोस्टाब्लाङ्काका पूर्वअध्यक्ष एवं संरक्षक सुरेश बज्राचार्यको उपस्थिति थियो। त्यसैगरी, संस्थाका संरक्षक स्मृति गौतम, मुकुन्द लामिछाने र रुद्र खत्री तथा सल्लाहकार अनुपसिंह भण्डारी, अञ्जु पुनमगर, बद्रीप्रसाद कोइराला र ईश्वर गौतम डा. बृहस्पति पण्डित पनि कार्यक्रममा सहभागी थिए। पूर्वएनआरएनए स्पेन महिला उपाध्यक्षसमेत रहेकी संस्थाकी सल्लाहकार लामिछानेको पनि उपस्थिति थियो।

कार्यक्रममा नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष एवं सभाध्यक्ष केसरबहादुर थापा, एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकी, नवराज दुवाडी, मुकुन्द लामिछाने, देवराज सापकोटा र प्रमुख अतिथि सुरेन्द्र भुजेल थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले बडादसैँले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगति ल्याओस् भन्ने कामना गर्दै प्रवासमा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। साथै, नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोतिसागर पुन र समाजका कार्यवाहक महासचिव एवं नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव अशिम लोप्चन तामाङले गरेका थिए। कार्यक्रमको टिकट तथा व्यवस्थापनमा समाजकी उपाध्यक्ष डा. सबिता पाठक, सहकोषाध्यक्ष कृष्ण पुन र अर्बिन मोत्तानले सहयोग गरेका थिए। कार्यक्रममा आल्बासेतेबाट आएका प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, चाडपर्व र परम्परालाई निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रमले कोस्टाब्लाङ्कामा रहेका नेपालीहरूबीच भेटघाट, शुभकामना आदानप्रदान र आपसी सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले प्रवासी नेपाली समुदायलाई एकताबद्ध बनाउनुका साथै नेपाली सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha