शनिबार, असार १३, २०८३ | June 27, 2026

६ दिने तालिमको नतिजा कीर्तिपुर २ ‘इन्द्रायणी वाल’मा यसरी झल्कियो

६ दिने तालिमको नतिजा कीर्तिपुर २ ‘इन्द्रायणी वाल’मा यसरी झल्कियो

  • Naveen Sanchar

  • शनिबार, असार १३, २०८३

  • 54
    Views
६ दिने तालिमको नतिजा कीर्तिपुर २ ‘इन्द्रायणी वाल’मा यसरी झल्कियो

१३ असार, काठमाडौं । देशमा तीन तहको सरकारका विभिन्न तहका निकाय तथा विभागले संचालन गरिने तालिमहरु विभिन्न खालका देखिन्छन् । खासगरि स्थानीय तह नगरपालिकाले समुदायका विभिन्न वर्गलक्षित गरि विभिन्न तालिम संचालन गर्दै आएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि नगर र वडास्तरमा विभिन्न तालिमहरु संचालन गर्दै आएको छ । जसमध्ये कीर्तिपुर २ वडा कार्यालयले स्थानीय ईन्द्रायणी क्लवसंगको सहकार्य र समन्वयमा वाल पेन्टिङ तालिम संचालन गर्‍यो । असार ७ देखि १२ गतेसम्म संचालन गरिएको बाल–बालिकालक्षित तालिममा सहभागी बाल–बालिकाहरुले वडा कार्यालयसंगै रहेको ईन्द्रायणी मन्दिर परिसरको भित्तो रंगाई तालिम सफल भएको नतिजा देखाएका छन् ।
असार १३ गते शनिवार बिहान १० बवेदेखि सहभागी बाल–बालिकाहरुले कलाकर्मी एवं प्रशिक्षक कमलेश महर्जन र संघराम महर्जनको नेतृत्वमा स्थानीय जात्रा र धार्मिक–सांस्कृतिक महत्व झल्किने चित्रहरु बनाएको बताईएको छ । तालिमको समापन शनिवार सॉझै हुने जानकारी दिईएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha