६ जेठ, काठमाडौं । कीर्तिपुर ३ वडास्थित दीखु घाट क्षेत्र संरक्षण तथा व्यवस्थापनमा कीर्तिपुरवासि समुदाय सक्रिय हु‘दै आएका छन् । पुरानो कीर्तिपुर बस्ति वडा न.. १, २, ३, ९ र १० वडा गरि ५ वटा वडाका नेवाः समुदायको प्राचीन परम्परागत अन्त्येष्टि स्थल दीखु घाट क्षेत्र खुला र सुनसान रह‘दा चोरी, लुटपात, लागूऔषध लेनदेनलगायतका अपराधिक गतिविधिहरु बढेपछि उक्त क्षेत्रको संरक्षण र व्यवस्थापन कार्यमा कीर्तिपुरका ४३ वटा परम्परागत मृत्यू संस्कार गुठीको छाता संगठन दीखु क्षेत्र विकास समिति कीर्तिपुर नगरपालिका र ३ नं. वडा कार्यालयसंगको समन्वय र सहकार्यमा विभिन्न पूर्वाधारहरु निर्माण कार्यमा जुट्दै आएको छ । हाल घाट क्षेत्रमा समयानुकूल दाहसंस्कार सहज र सरलिकरणका लागि ४३ गुठीको संयुक्त दाउरा गोदाम र समितिको सचिवालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त पूर्वाधार निर्माणका लागि वागमती प्रदेश सरकारबाट आर्थिक सहयोग जुटेको बताइएको छ । साथै घाट क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास एवं प्रबद्र्धन गर्ने समुदाय र नगरपालिकाको एकिकृत योजना रहेको जानकारी दिईएको छ ।
