बुधबार, जेष्ठ ६, २०८३ | May 20, 2026

६ दशकपछि पुलिस क्लवका पुरातात्विक मूर्ति पुरातत्वको जिम्मामा

६ दशकपछि पुलिस क्लवका पुरातात्विक मूर्ति पुरातत्वको जिम्मामा

  • Naveen Sanchar

  • मङ्लबार, जेष्ठ ५, २०८३

  • 44
    Views
६ दशकपछि पुलिस क्लवका पुरातात्विक मूर्ति पुरातत्वको जिम्मामा

५ जेठ, काठमाडौं । करिब ६० वर्षदेखि नेपाल पुलिस क्लव परिसरमा रह‘दै आएका विभिन्न प्राचीन एवं पुरातात्विक देवी–देवताका मूर्तिहरू पुरातत्व विभागलाई जिम्मा हस्तान्तरण गरिएको छ । विभिन्न कालखण्डमा नेपाल प्रहरीको भृकुटीमण्डपस्थित पुलिस क्लवमा पु¥याईएका र सजाएर राखिएका ती महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सामग्रीहरु जहॉको हो, त्यहि‘ राखिनु वा दिइनुपर्ने आवाज सम्पदा अभियन्ताहरुले उठाउ‘दै आएका थिए । खासगरि सम्पदा अभियन्ता यादवलाल कायष्ठले ईमेज च्यानलको कार्यक्रम “लुकेको इतिहास सत्यको खोजी”मार्फत् मूर्तिहरूको ब्यवस्थापनबारे विषय उत्थानसंगै नेपाल प्रहरीका सम्बन्धित अधिकारीहरूसँगको छलफलपछि नेपाल प्रहरीले राष्ट्रिय सम्पदाअन्तर्गत पर्ने मूर्तिहरू पुरातात्विक सामाग्री पुरातत्व विभागको जिम्मामा हस्तान्तरण गरिएको बताईएको छ । ईमेज टोलीले छलफलका क्रममा यी भएको निष्कर्ष निकालिएको थियो । विभागले मूर्तिहरूलाई आवश्यक सुरक्षासहित छाउनीस्थित संग्रहालयमा पुर्याइएको जानकारी दिईएको छ । तस्विरः यादवलाल कायष्ठ


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha