शुक्रबार, बैशाख ११, २०८३ | April 24, 2026

कीर्तिपुर नगरपालिकाका कर्मचारीलाई आधारभूत नेपालभाषा प्रशिक्षण

कीर्तिपुर नगरपालिकाका कर्मचारीलाई आधारभूत नेपालभाषा प्रशिक्षण

  • Naveen Sanchar

  • शुक्रबार, बैशाख ११, २०८३

  • 70
    Views
कीर्तिपुर नगरपालिकाका कर्मचारीलाई आधारभूत नेपालभाषा प्रशिक्षण

११ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिकामा कार्यरत गैरनेवार समुदायका कर्मचारीहरुलाई नेपालभाषाको प्रशिक्षण सुरु गरिएको छ । वागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा तोकेपछि स्थानीय तह पालिकामा कार्यरत कर्मचारीहरुलाई भाषा प्रशिक्षणको कार्यक्रम संचालन गर्न थालिएको छ । सामाजिक शाखाको समन्वयमा नेपालभाषा नबुझ्ने कर्मचारीहरुलार्इृ आधारभूत २० दिने प्रशिक्षण सुरु गरिएको र विभिन्न शाखा र तहका गरि ३५ जना कर्मचारीहरुको सक्रिय सहभागिता रहेको सामाजिक शाखामा कार्यरत पवित्रा अर्यालले जानकारी दिनुभयो । प्रशिक्षकको रुपमा लामो समयदेखि नेपालभाषा अभियानमा लाग्नुभएका शिक्षक देव आनन्द महर्जन रहनुभएको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha