बिहिबार, चैत्र २६, २०८२ | April 9, 2026

सेनाको जगदल गणद्वारा कीर्तिपुरमा सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न

सेनाको जगदल गणद्वारा कीर्तिपुरमा सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न

  • Naveen Sanchar

  • बिहिबार, चैत्र २६, २०८२

  • 9
    Views
सेनाको जगदल गणद्वारा कीर्तिपुरमा सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न

२६ चैत, काठमाडौं । नेपाली सेनाको श्री जगदल गणको टोलीले कीर्तिपुर नगरपालिकाको २ नम्बर वडामा समुदायस्तरमा विपद् प्रतिकार्य तालिम सम्पन्न गरेको छ । कीर्तिपुर नगरपालिका २ वडा कार्यालयको समन्वयमा सम्पन्न तालिम आज बिहिवार दिउ‘सो १२ बजे २ वडास्थित देवढोकामा सम्पन्न एकिदने तालिममा आगजनी, बाढी, पहिरोलगायतका विपद्मा कसरी जोगिने भन्नेबारे सेनाको टोलीले जानकारी एवं प्रत्यक्ष प्रदर्शन गरि देखाइएको बताएको छ । सेनानी रन्जिव शम्शेर जबराको नेतृत्वमा आएको सेनाको टोलीका विपद् विज्ञ जनार्दन अधिकारीले आगजनी, नियन्त्रणमा लिने तरिका र बाढी पहिरो विपद् र त्यसबाट जोगिनेबारे प्रस्तुति राखेको जानकारी दिएको छ । २ वडाअध्यक्ष ई. रुपेश महर्जनको उपस्थितिमो सम्पन्न तालिममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक–शिक्षिका, स्थानीइ संघ, संस्था तथा महिला समूहका प्रतिनिधिहरुको सहभागिता रहेको सेनाले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha