मङ्लबार, चैत्र २४, २०८२ | April 7, 2026

सिनासमा अनुसन्धान परियोजना प्रारम्भिक कार्यशाला

सिनासमा अनुसन्धान परियोजना प्रारम्भिक कार्यशाला

  • Naveen Sanchar

  • मङ्लबार, चैत्र २४, २०८२

  • 61
    Views
सिनासमा अनुसन्धान परियोजना प्रारम्भिक कार्यशाला

२४ चैत, काठमाडौं । नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले राष्ट्रीय प्राथमिकता प्राप्त अनुसन्धान परियोजना अन्तर्गत (Building Capacity for Climate Resilient Tourism Planning in the Himalayan Region of Nepal) शीर्षकको अनुसन्धान परियोजनाको प्रारम्भिक कार्यशाला (Inception Workshop) सफलतापूर्वक सम्पन्न गरेको छ । अनुसन्धान परियोजनाका प्रमुख अनुसन्धानकर्ता सह.प्रा डा रत्नमणि नेपालले परियोजनाबारे प्रस्तुति गरी उक्त ३ बर्षे अनुसन्धानको अध्ययनक्षेत्र खुम्वु पासाङल्हामु गाँउपालिका सोलुखुम्वु, गोसाईकुण्ड गाँउपालिका,रसूवा र घरपझोङ गाँउपालिका, मुस्ताङ्ग रहेको बताउनुभयो ।


कार्यक्रममा प्रमुख अतिथि, मानविकी संकायका डीन प्रा.डा. दुबी नन्द ढकालले परियोजनाले नेपालको हिमाली क्षेत्रको पर्यटनलाई जलवायु उत्गानशील बनाउन नेपाल सरकारलाई आवश्यक नीतिगत सुक्षाव दिने विश्वास व्यक्त गर्नुभएको थियो । त्रिवि अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा. ईश्वर कोइराला (बिशेष अथिति); प्रा. डा. मदन लाल श्रेष्ठ, प्रा. डा. राजा राम प्रधानाङ्ग र प्रा. डा. नरेन्द्र राज खनाल (त्रिवि, अनुसन्धान समन्वय तथा विकास परिषद्का विज्ञ); प्रा. डा. कन्हैया सापकोटा, प्रा. डा. राम प्रसाद ज्ञवाली, प्रा. डा. प्रेमसागर चापागाईं, सह-प्रा डा. लोकनाथ दुलाल, उप-प्रा. डा. रमेश राज पन्त, उप-प्रा.डा. जीवनमणि पौडेल, उप-प्रा. डा. दिपेशकुमार घिमिरे (विषयगत विज्ञ); अजय कुमार ढकाल, बोधराज भण्डारी, राजन सुवाल, तिलक थापा, निमा शेर्पा (सरोकारवाला); प्रा. डा. मीना राज भण्डारी (रिकाष्टका कार्यकारी निर्देशक), उप-प्रा. डा. दिपेन्द्र पराजुली, उप-प्रा. डा. कमल राज देवकोटा (क्रमशः रिकाष्ट र सेरिडका नवप्रवर्तनात्मक अनुसन्धान परियोजनाका प्रमुख अनुसन्धानकर्ता) लगायतका सहभागीहरुले परियोजनाको बिषयबस्तु, अनुसन्धान पद्धति र समय तालिकामाथि टप्पणी तथा सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा CNAS का कार्यकारी निर्देशक सह-प्रा.डा. मृगेन्द्र बहादुर कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन परियोजनाका सहअनुसन्धानकर्ता उपप्रा डा राजन विनायक पासाले गर्नुभएको थियो


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha