बिहिबार, चैत्र १२, २०८२ | March 26, 2026

नसर्ने रोग पहिचानको तीनदिने अभियान संचालन गर्दै कीर्तिपुर नगरपालिका

नसर्ने रोग पहिचानको तीनदिने अभियान संचालन गर्दै कीर्तिपुर नगरपालिका

  • Naveen Sanchar

  • बिहिबार, चैत्र १२, २०८२

  • 91
    Views
नसर्ने रोग पहिचानको तीनदिने अभियान संचालन गर्दै कीर्तिपुर नगरपालिका

चैत १२ काठमाडौं । कीर्तिपुर नगरपालिकाद्वारा नसर्ने रोग पहिचानको तीनदिने अभियान ०८२ संचालन गर्ने तयारीमा रहेको जनाएको छ । स्वास्थ्य शाखाद्वारा प्रकाशित सूचनाअनुसार चैत १५, १६ र १७ गते नगर क्षेत्रका १० वटै वडाहरुमा बिहान १० बजेदेखि दिउ‘सो साढे ४ बजेसम्म स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र विष्णुदेवी नगर अस्पतालमा पनि ल्ऋम् क्अचभभलष्लन कार्यक्रम संचालन हुने उल्लेख गरिएको छ । नगर क्षेत्रमा बसोबास गर्ने ३० वर्षमाथिका ब्यक्तिहरुको मधुमेह, उच्च रक्तचाप, मृगौलासम्बन्धी रोग र शरीरको उचाई र तौलको अनुपातको बृहत् स्क्रिनिङ गरिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराई लाभ लिन सम्पूर्ण नगरवासिमा अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha