शनिबार, फाल्गुन २३, २०८२ | March 7, 2026

हङकङमा महिला दिवस मनाइने

हङकङमा महिला दिवस मनाइने

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन २३, २०८२

  • 114
    Views
हङकङमा महिला दिवस मनाइने
प्रत्येक बर्ष गैर आ. नेपाली.संघ रा. स.प. हङकङ (महिला फोरम) र नेपाली महिला संघ, हङकङको संयुक्त आयोजनामा अन्तराष्ट्रिय  महिला दिवस धुमधामका साथमा मनाउदै आईरहेको जानकारी गराउदै यो बर्ष पनि यहि मार्च २९ तारिखका दिन विभिन्न रोचक कार्यक्रमको साथमा #GivetoGain, नाराका साथ,भब्यताका साथमा मनाउन गईरहेको जानकारी गराउन चाहन्छु।
गैर आ. नेपाली संघ एकताका महाधिवेशन र हाम्रो देश नेपालको ऐतिहासिक प्रतीनिधि सभा चुनावलाई मध्यनजर गर्दै यो बर्ष मार्च ८ मा गर्नु पर्ने महिला दिवस केही ढिला गरि मार्च २९ मा मनाउन गई रहेका छौ।यस्को लागि गैर आ० नेपाली संघ रा. स.प. हङकङ (महिला फोरम) र नेपाली महिला संघ हङकङ क्षमा चाहन्छौं।
मार्च २९ तारिख हङकङबासी सम्पूर्ण दिदी बहिनी, दाजु भाई र आमा बुबाहरु लाई ११६ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छौं ।
यहाँहरुको उपस्थितिले हङकङबासी महिला दिदी बहिनीहरुलाई मात्र नभई संसारभर रहेका महिला दिदीबहिनीहरुलाई हौसला, तागत र शक्ति मिल्नेछ।
धन्यवाद ।
-सत्या गहतराज
महिला संयोजक
गैरआ.ने.सं.रा.स.प. हङकङ
——————————-
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha