विशेष निमन्त्रणा: आध्यात्मिक प्रवचन तथा सत्सङ्ग कार्यक्रम
आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,
हामी सबैका लागि अत्यन्तै हर्षको विषय हो कि वाचनप्रवीण तथा ख्यातिप्राप्त पण्डित दीनबन्धु पोखरेलज्यू आफ्नो “युरोप आध्यात्मिक यात्रा २०२६” को क्रममा अस्ट्रिया आउदै हुनुहुन्छ।
उहाँको यही पावन आगमनको अवसरमा नेसास अस्ट्रीया, आदिवासी जनजाती माहा संघ अस्ट्रीया , इनास अस्ट्रीया, नमो बुद्ध स्पोर्ट्स क्लव अस्ट्रीया को सहयोग तथा NRNA AUSTRIA को सयोजनमा र आध्यात्मिक यात्रा व्यवस्थापन समितिको आयोजनामा एक विशेष आध्यात्मिक प्रवचन तथा सत्सङ्ग कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै खुशी छौं।
पूर्वीय दर्शन, आध्यात्मिक तथा वैज्ञानिक चिन्तनको माध्यमबाट जीवनलाई सकारात्मक दिशा दिन सहयोग पुर्याउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमका मुख्य आकर्षणहरू:
• आध्यात्मिक तथा वैज्ञानिक प्रवचन
पण्डित दीनबन्धु पोखरेलज्यूद्वारा जीवनोपयोगी मार्गदर्शन
• सत्सङ्ग तथा भजन–कीर्तन
मन, आत्मा र वातावरणलाई शान्ति प्रदान गर्ने आध्यात्मिक अनुभूति
कार्यक्रम विवरण:
मिति: २१ मार्च २०२६
समय: दिउँसो १२:०० देखि ६ बजे सम्म
स्थान: Dorfelderstrasse 10, Ecke Murlingengasse, 1120 Wien
यस आध्यात्मिक, ज्ञानवर्धक तथा प्रेरणादायी कार्यक्रममा उपस्थित भई सत्सङ्गलाई सफल बनाइदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं।
आयोजक:
NRNA अस्ट्रिया
——————————-
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।