शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

दम्माममा ४६१ जना नेपालीलाई नवीकृत राहदानी वितरण

दम्माममा ४६१ जना नेपालीलाई नवीकृत राहदानी वितरण

  • देबी बहादुर सुतारकार्की

  • शुक्रबार, मंसिर ६, २०८२

  • 195
    Views
दम्माममा ४६१ जना नेपालीलाई नवीकृत राहदानी वितरण

दम्माम नबिन सन्चार

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NCC) साउदी अरबको सहकार्यमा तथा नेपाली राजदूतावास, रियादको आयोजनामा साउदी अरबको पूर्वी प्रान्त दम्माममा नवीकरण भएका राहदानी वितरण कार्यक्रम सम्पन्न भएको छ।

साउदी अरबको प्रमुख औद्योगिक क्षेत्र मानिने दम्माममा १४ नोभेम्बर २०२५ मा कुल ४६१ जना सेवाग्राहीलाई नवीकरण भई आएका राहदानी वितरण गरिएको राजदूतावासले जनाएको छ।

राहदानी वितरणका लागि नेपाली राजदूतावास, रियादका प्रथम सचिव टिका शर्माको नेतृत्वमा साउदी अरबका लागि पर्यटन प्रवर्द्धक तथा NRNA ICC का मध्यपूर्व संयोजक राजेन्द्र, स्थानीय कर्मचारी अजय दङ्गाल, हेमन्त आचार्य र अस्कर अली उपस्थित रहेका थिए।

कार्यक्रम टाइम्स ट्राभल, दम्माममा आयोजित भएको थियो। व्यवस्थापन तथा स्वयंसेवक परिचालनमा विभिन्न सामाजिक तथा राजनीतिक संघ–संस्थासँग NCC साउदी अरबले समन्वय गरेको थियो।

कार्यक्रममा NCC साउदी अरबका अध्यक्ष उमेश भट्टराई, महासचिव शुक्र मोक्तान, उपाध्यक्ष विष्णु भण्डारी, प्रमुख सल्लाहकार एवं ICC सदस्य रबिना अर्याल, नेपाली जनसम्पर्क समितिका महामन्त्री सुरेस राज त्रिपाठी, साझा मञ्च साउदी अरबका अन्जन गुभाजु, जगदीश खनाल, किरात राई यायोख्खा साउदी अरबका अध्यक्ष चित्रकुमार चाम्लिङ राई, नेपाल मगर संघ साउदी अरबका के.बी. काउचा, दम्माम भेट्रान फुटबल क्लबका पासाङ सेर्पा, युनाइटेड फुटबल क्लबका वरिष्ठ उपाध्यक्ष ओम कुमाल, नेपाल आदिवासी जनजाति महासंघ NCC साउदी अरबका अध्यक्ष खेम गुरुङ, क्षेत्रीय समन्वय समिति पूर्वी क्षेत्रका सदस्य कमल सिंह, दुर्गा श्रेष्ठ लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

राहदानी वितरणमा प्रत्यक्ष तथा परोक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण स्वयंसेवक तथा सहयोगीहरूलाई सेवाग्राहीहरूको तर्फबाट संघले विशेष आभार व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha