शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको छैठौं विश्व सम्मेलन तथा नवौं अधिवेशन तयारी अन्तिम चरणमामा

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको छैठौं विश्व सम्मेलन तथा नवौं अधिवेशन तयारी अन्तिम चरणमामा

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • सोमवार, अशोज २७, २०८२

  • 300
    Views
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको छैठौं विश्व सम्मेलन तथा नवौं अधिवेशन तयारी अन्तिम चरणमामा

दोहा कतार ।“समृद्ध स्याङ्जाका लागि विश्व अभियान” भन्ने मूल नाराका साथ बि.स. २०६६ सालमा स्थापना भएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विश्वभर २५ भन्दा धेरै मुलुकहरुमा छरिएका स्याङ्जालीहरू लाई एकशुत्रमा समेट्दै, सामाजिक कार्यमा जुट्न र नयाँ नेतृत्व चयन गर्नका लागि  समितिले महत्त्वपूर्ण भेलाको आयोजना गरेको हो। संस्थाको छैठौं विश्व सम्मेलन तथा नवौं अधिवेशन आगामी २०८२ साल असोज ३१ र कार्तिक १ गते तदनुसार (अक्टोबर, १७ र १८) २०२५, स्याङ्जाको पुतलीबजार स्थित प्रगतिनगर ब्लुपल ईभेन्ट्सको सभाहलमा हुँदैछ। संस्थाको अधिवेशन प्रत्येक २-२ वर्षमा हुँदै आइरहेको छ।

घरदेश देखि परदेशसम्म विभिन्न सामाजिक अभियानहरु मा अब्बल रहेको स्याङ्गजालिहरु को एकमात्र संस्था स्थापनाकाल देखि नै विभिन्न प्रकोपहरु तथा अप्ठ्यारोमा परेकाहरु लाई सहयोग गर्दै आइरहेको छ। जिल्लामा भईपरि आउने बिपत्तिहरु,मानबिय सहायताका लागि सस्थाले निकै नै ठुलो योगदान पुर्याउदै आएको छ ।  विश्वभर छरिएर रहेका एनसीसीहरु बाट प्रतिनीधि तथा पर्यवेक्षकहरु छनौट प्रक्रिया तथा सहभागीता लागि तयारि पूर्ण भै सकेको समितिका अध्यक्ष बिरेन्द्र जंघ के. सी. ले जानकारी दिएका छन् । अधिवेसनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्नेछ, जसले समुदायको हित, पर्यटन प्रबर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रहरुमा विगतमा जस्तै,अझै क्रियाशील भएर काम गर्नेछ भन्ने अपेक्षा सहित कार्यक्रमका लागि ब्यबस्थापनका कार्यहरु पूर्ण तयारि अबस्थामा रहेको समितिका प्रबक्ता भेषराज पराजुलीले जानकारी दिएका छन्  ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha