आइतवार, जेष्ठ ३, २०८३ | May 17, 2026

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशन सम्पन्न, महेन्द्र चम्लागाई अध्यक्षमा चयन

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशन सम्पन्न, महेन्द्र चम्लागाई अध्यक्षमा चयन

  • देबी बहादुर सुतार कार्की

  • शुक्रबार, अशोज २४, २०८२

  • 831
    Views
अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशन सम्पन्न, महेन्द्र चम्लागाई अध्यक्षमा चयन

 

अक्टोबर २०२५ | बिर्तामोड, झापा — नबिन सन्चार

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशनबाट श्री महेन्द्र प्रसाद चम्लागाई (कतार) सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

यसै अधिवेशनबाट अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल (अष्ट्रेलिया), उपाध्यक्षमा नविन पोखरेल (कतार) र चूडामणि कार्की (कतार), महिला उपाध्यक्षमा सीता पाण्डे (अमेरिका) निर्वाचित हुनुभएको छ।

महासचिवमा चिरन खवास (बेल्जियम), सचिवमा भवानी प्रसाद कोइराला (कतार) र अजय राजबंशी (अष्ट्रेलिया), कोषाध्यक्षमा उमेश पोखरेल (अष्ट्रेलिया) तथा सह–कोषाध्यक्षमा रविन गिरी (साउदी अरब) चयन भएका छन्।

क्षेत्रीय संयोजकहरूमा क्रमशः

मध्यपूर्वबाट केशव कार्की (कतार),

युरोपबाट लोकेन्द्र नेपाल (बेल्जियम),

ओसिनियाबाट निरञ्जन प्रसाई (अष्ट्रेलिया),

अमेरिकाबाट आशिष संग्रौला (अमेरिका) चयन भएका छन्।

त्यस्तै उप–क्षेत्रीय संयोजकमा

मध्यपूर्वका लागि टिका धिताल (ओमान),

युरोपका लागि प्रकाश गिरि (नेदरल्यान्ड्स),

अमेरिकाका लागि डिल्ली थापा (अमेरिका) निर्वाचित भएका छन्।

सदस्यमा गोपाल प्रसाद आचार्य (साउदी अरब) चयन हुनुभएको छ।

बाँकी रहेका रिक्त पदहरू कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने प्रमुख निर्वाचन आयुक्त तथा समाजका संरक्षक श्री दिनेेशकुमार पोखरेलले जानकारी दिनुभएको

छ।

 

 

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha