
दोहा कतार: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले २०२५-२०२७ कार्यकालका लागि सल्लाहाकार समिति गठन गरेको छ । गत शुक्रबार ओल्दराबरको सभाहलमा परिषद कतारका अध्यक्ष पदम गिरीको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकबाट बिधानको परिच्छेद-६, (२८) मा उल्लेख भए बमोजिम, १६ जनाको सल्लाहकार समिति चयन गरेको हो। मिति ८ अगष्टमा बसेको कार्यसमितिको पहिलो बैठकबाट प्रमुख सल्लाहाकारमा केशब कार्की लाई मनोनित गरिईको थियो, भने बाकी पन्ध्र सदस्य मनोनित गरि दोस्रो बैठकबाट पूर्णता दिएको छ । जस अनुसार प्रमुख सल्लाहाकार केशव कार्की, सल्लाहाकार सदस्यहरु मा क्रमसः भेषराज पराजुली, बिनोद प्रसाद बसौला,प्रेम रसाइली,बालकृष्ण न्यौपाने, गणेश ढकाल, तेज मोक्तान तामांग, तिर्थ संगम राई, तनाबिर रेजा, बालकृष्ण भित्रीकोटी, भिम तरामु मगर, बिजय बिक्रम बस्नेत, प्रेमप्रसाद भट्टराई, लक्ष्मी सुन्दर तनबशु, मौलाना अब्दुल खालिक, गुलाम नबी रजबी गरि पन्ध्र सदस्य रहेका छन् ।अध्यक्ष गिरीले मनोनित हुनुहुने सम्पूर्ण सल्लाहाकार सदस्यहरु लाई सफल कार्यकालको शुभकामना सहित बधाई व्यक्त गरेका छन् ।
आउदो फेब्रुअरी महिनामा कतारमा ऐतिहासिक कार्यक्रम “नेपाली फेष्टिभल २०२६” आयोजना गरिने
एनसीसी कतारको दोस्रो कार्यसमितिको बैठकले ऐतिहासिक कार्यक्रम “नेपाली फेष्टिभल २०२६”आयोजना गर्ने निर्णय गरेको छ । नेपाली मौलिकता, भेषभूषा, कला, भाषा, संस्कृति, पर्यटनस्थलहरु लाई सम्बर्द्धन, प्रवर्द्धन गर्नका निमित्त उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । दोहाको मुटुमा अबस्थित र पर्यटकको केन्द्रबिन्दु मानिने कर्नेश एरियामा गरिने भनिएको कार्यक्रमका लागि नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयाँ मन्त्रालय, नेपाली राजदुतावास कतार, कतार सरकारको सम्बधित निकाय, नेपाल पर्यटन विकास बोर्ड, आईसीसी केन्द्र, लगाएतका निकायहरु संग समन्वय गरेर भब्य कार्यक्रम आयोजना गरिने परिषद कतारका महासचिव शिव भुजेलले जानकारी दिएका छन् । यस विषयमा थप जानकारी लागि प्रारम्भिक चरणका कार्यहरु अगाडी बडी सकेको र सम्पूर्ण नेपाल लगायत कतार सरकारका निकायहरु बाट स्वीकृति प्राप्त भैसके पछी कार्यक्रमका बारे पत्रकार सम्मेलन मार्फत बिस्तृतमा जानकारी गराउने कार्यक्रमका संयोजक एनसीसी कतारका प्रथम उपाध्यक्ष रोशन अर्यालले जानकारी दिएका छन् ।