मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

एनसिसि कतारद्वारा ब्लड क्यान्सर पिडित बालिकाको लागि सहयोग हस्तान्तरण

एनसिसि कतारद्वारा ब्लड क्यान्सर पिडित बालिकाको लागि सहयोग हस्तान्तरण

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • शनिबार, अशोज ४, २०८२

  • 570
    Views
एनसिसि कतारद्वारा ब्लड क्यान्सर पिडित बालिकाको लागि सहयोग हस्तान्तरण

दोहा कतार: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले बिगत लामो समय देखि ब्लड क्यान्सर जस्तो घातक रोग संग लडिरहेकी सोलुखुम्भु जिल्ला सोताङ गाउँपालिका बडा न० १ निवासी  चार वर्ष कि निहाना कोईरालाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । शुक्रबारका दिन ओल्डदरबार रेस्टुरेन्टको सभाहलमा परिषद कतारको दोस्रो कार्यसमितिको बैठकका क्रममा सानो कार्यक्रम आयोजना गरि उक्त रकम क्यान्सर पिडितका बाबु हेमकुमार कोईरालाको लाई अध्यक्ष पदम गिरि, प्रमुख सल्लाहकार केशब कार्की लगायत कार्यसमितिको रोहोबरमा हस्तान्तरण गरिएको हो । पिडित बालिकाका पिता कोईराला हाल बैदेशिक रोजगारको क्रममा कतारमा कार्यरत छन् ।अस्पतालले दिएको जानकारी अनुसार छोरीको उपचारका लागि करिब चौधलाख रुपैया आवश्यक पर्ने हुदा, परिवारको आर्थिक अबस्थाले गर्दा रकम जुटाउन गार्हो परेकाले पिता कोईरालाले बिभिन्न परोकारी तथा सामाजिक संस्थाहरु संग सहयोगका लागि अपिल गरेका थिए । परिषद् कतारका द्वतीय उपाध्यक्ष सुवास सिहं थापाको अगुहईमा उक्त अभियानबाट नेरु ५७,७००/- (संतावान्न हजार सात सय) नेपाली रुपैया संकलन गरि पहिलो चरणमा बुझाएको  बताए । एनसीसी कतार गरेको यो सानो प्रयासले छोरीको थप उपचारको लागि ठूलो सहुलियत मिलेको भन्दै सम्पूर्ण सहयोगीमन लगाएत सिङ्गो एनसीसी परिवारलाई आभार व्यक्त गरेका छन् ।

ईराकमा अलपत्र परेकी नेपाली चेलीलाई एनसीसी कतारको पहलमा सकुशल स्वदेश फिर्ता:

लमजुङ जिल्ला दोर्दि गाउपालिका वडा नम्बर ६ स्थायी घर भएकि काशीका गुरुङ (नाम परिबर्तन गरिएको) केहि समय पहिले वैदेशिक रोजगारीको शिलशिलामा इराक पुग्नुभएको र दलालि  मार्फत त्यहा पुगेपछि पुनः त्यहा पनि अन्य दलालिले काममा लगाइदिने भन्दै थप रकम मागेर बेपत्ता भै इराकमा अबैध रुपमा घरेलु काममा फसेको, काम गर्दै गर्दा अहिले झन असहज परिस्थिति भएको काममा धेरै दुख पाएको भन्ने खबर इराक मै कार्यरत एक नेपाली मार्फत प्राप्त भएसङै, लमजुङ  सेवा समाज कतारका अध्यक्ष एवंम् पूर्व एनसीसी कोषाध्यक्ष बिनोद बिनोद प्रसाद बसौलाले लमजुङ सेवा समाज कतारको अध्यक्षको हिसाबले उहाको घर परिवार गाउमा पनि तथ्य सत्य बुझ्ने प्रयत्न गरि एनसीसी कतारलाई समन्वयका लागि अनुरोध पत्र आए लगत्तै एनसीसी कतारले कतारको भूगोल भन्दा बाहिर भएकाले सम्बधित मुलुकका तालुकदार निकायहरु लाई जानकारी गरेको थियो। उक्त मुलुकको कानुनी प्रक्रिया पुरा गरि स्वदेश फिर्ताको लागि हवाई टिकट ब्यबस्था गर्नको निमित्त गैरआवासीय नेपाली संघ केन्द्रलाई पत्राचार गरिएको थियो । केन्द्रका अध्यक्ष बद्रि के.सी. ले पत्र मार्फत सम्बोधन गर्दै बैदेशिक रोजगार राहतकोष बाट हवाईजहाज टिकट प्रदान गर्ने प्रतिबद्धता गरे लगतै ईराकको ईर्बिल भन्ने अन्तराष्ट्रिय बिमान स्थलबाट एयर अरेबिया मार्फत १५ सेप्टेम्बरमा पिडितलाई सकुशल स्वदेश फिर्ता गर्न सफल भएको परिषद् कतारका अध्यक्ष गिरिले जानकारी दिएका छन् ।

एनसीसी कतार को १ अगष्टमा सम्पन्न ११ औ राष्ट्रिय अधिवेशनका अबसरमा प्रमुख अथितिका रुपमा सम्बोधन गर्ने क्रममा संघका अध्यक्ष के.सी. ले मध्यपुर्ब तथा अन्य मुलुकका श्रमिकहरु लाई आई परेको समस्याहरु मा सहायतका लागि आबश्यक परेमा नेपाल सरकारको बैदेशिक रोजगार बिभागसंग समन्वय गरि श्रमिककोषबाट सहयोग गर्ने सकिने उद्घोषण गरेका थिए। आईसिसि अन्तर्गतको बैदेशिक रोजगार राहतकोष बाट पनि सहयोग गर्न सकिने जानकारी दिएका थिए । सोहि अनुसार कतारको भूगोल भन्दा बाहिर पनि एनसीसी कतारले आईसीसी संग समन्वय गरेर पहिलो पटक पीडितलाई सकुशल स्वदेश फिर्ता गर्न सफल भएको छ । बेपत्ता परेकी गुरुङ स्वदेश पुग्ना साथ एक भोईस म्यासेज मार्फत धन्यवाद तथा आभार प्रकट गरेकी छन् । उनका अनुसार नयाँ जीवन पाएको, मृत्युको मुखबाट फर्किएर आउन पाउदा खुशी ब्यक्त गर्दै,  स्वदेश फर्किन्छु भने कुनै आशा पनि रहेको थिएन, तर आज सकुशल स्वदेश आउन पाए मलाई यहा सम्म ल्याउन सहयोग गर्नुहुने सम्पूर्णलाई मनै देखि नमन टक्र्याउन चाहन्छु, भन्दै दलाल मार्फत कोहि पनि प्रलोभनमा परेर विदेशमा काम लागि नजान आग्रह समेत गरेकी छन् । दिनहु बैदेशिक रोजगारीका लागि नेपाली युवाहरु विदेशिने क्रम बड्दो रहेको छ, खाडी मुलुक लगायत अन्य देशहरु मा दिनहु हजारौ युवाहरु विदेशिने गरेका छन् । बैदेशिक रोजगारीमा जानु भन्दा पहिले आफु जाने देशको बारेमा सम्पूर्ण जानकारी लिएर, कामगर्ने कम्पनि, सेवासुबिधा लगायतका कुराहरुलाई राम्रोसँग चेकजाच गरेर, नेपाल सरकारको बैदेशिक रोजगारका लागि प्राबधान गरेको प्रचलित कानुन अनुसार कुनै मान्यता प्राप्त मेनपावरबाट बुझेर मात्र जानका लागि एनसीसी कतारले सम्बन्धित सबैका लागि अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha