सोमवार, भदौ २९, २०८३ | September 14, 2026

सुशीला कार्की अन्तरिम सरकार प्रमुख, आजै शीतलनिवासमा शपथ

सुशीला कार्की अन्तरिम सरकार प्रमुख, आजै शीतलनिवासमा शपथ

  • नवीन सञ्चार मध्यपूर्व संयोजक : देबी बहादुर सुतार कार्की

  • शुक्रबार, भदौ २७, २०८२

  • 238
    Views
सुशीला कार्की अन्तरिम सरकार प्रमुख, आजै शीतलनिवासमा शपथ

काठमाडौं : नवीन सञ्चार

पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री हुने भएकी छन्। शीतलनिवास स्रोतका अनुसार आजै पद तथा गोपनीयताको शपथ हुनेछ।

प्रतिनिधि सभा विघटन गरेरै अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको हो।

सैन्य स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha