आइतवार, जेष्ठ ३, २०८३ | May 17, 2026

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

  • Naveen Sanchar

  • मङ्लबार, भदौ २४, २०८२

  • 176
    Views
प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

२३ भदौ २०८२ जेन-जी पुस्ता द्वारा आयोजित शान्तिपूर्ण प्रदर्शनमा भएको हिंसात्मक दुखद्  घट्ना प्रती गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरब दुख प्रकट गर्दछ l

  

भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्ध विरुद्ध ‘जेन-जी’ पुस्ताको आह्वानमा काठमाडौँ सहित देशका विभिन्न सहरहरूमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शन र सो क्रममा भएको हिंसात्मक घटनामा हालसम्म १९ जनाको मृत्यु भएको र ३४७ जना व्यक्ति घाइते भएका खबरहरूले गम्भीर चिन्ता उत्पन्न गरेको छ। संघ मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

लोकतान्त्रिक मुलुकका हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्ने संवैधानिक अधिकार प्रत्याभूत हुन्छ । यसर्थ गैरआवासीय नेपाली संघ घाइतेहरुको निशुल्क उपचार गर्न, मृतकका परिवारलाई अविलम्ब राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, ‘जेनजी’ पुस्ताले उठाएका उचित मागहरुको समयमै सम्बोधन गर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न, भोलिका दिनमा हुनसक्ने यस्ता किमिसका प्रदर्शनपूर्व नै उच्च सुरक्षा सतर्कता अपनाई जीउज्यानको सुरक्षा सुनिश्चित गर्न, शान्तिपूर्ण प्रदर्शनहरूमा अत्यधिक बल प्रयोग नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।                                 

महेश घिमिरे 

प्रवक्ता 

गैरआवासीय नेपाली संघ, 

राष्ट्रिय समन्वय परिषद साउदी अरेबिया


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha