शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

नारायण पनेरुले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

नारायण पनेरुले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • Naveen Sanchar

  • आइतवार, साउन १९, २०८२

  • 349
    Views
नारायण पनेरुले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

काठमाण्डौ, ३ अगस्त २०२५

विगत एक दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसमा सक्रिय भूमिका निभाउँदै आउनुभएका नारायण पनेरुले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ।

उहाँले नेपाली कांग्रेसबाट राजीनामा दिनुको मुख्य कारण भ्रष्टाचार, मानव तस्करी, गुण्डागर्दी जस्ता गतिविधिहरू प्रति पार्टी नेतृत्व मौन रहनु रहेको बताउनुभयो। “हामी परदेशीहरू तातो घाममा रगत–पसिना बगाएर पठाएको रेमिटेन्स नेताहरूले पाँचतारे होटलमा मोजमस्ती गर्न प्रयोग गरिरहेका छन्,” नारायण पनेरुले भन्नुभयो।

पुराना दलहरूले दशकौं शासन गरे पनि देश र जनताको अवस्था सुधार नहुँदा अब नयाँ सोच, इमानदार नेतृत्व र युवाको भविष्य सुनिश्चित गर्ने पार्टीमा लाग्ने बेला आएको उहाँको धारणा छ।

उहाँले भने, “देशभक्त र सक्षम युवालाई झुटा मुद्दा लगाएर जेल हाल्ने, अपमानित गर्ने कार्यले मलाई झस्कायो। म देश र जनताको लागि समर्पित भएर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको हुँ।”

परदेशी जीवनको पीडा र योगदानलाई कदर गर्ने नेतृत्व आवश्यक रहेको बताउँदै नारायण पनेरुले आगामी दिनमा देश निर्माणमा सक्रिय भूमिका निभाउने प्रतिबद्धता जनाउनुभएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha