शनिबार, माघ १८, २०८२ | January 31, 2026

अबुधाबीस्थित नेपाली राजदूतावासबाट श्रम स्वीकृति सेवा सुरु

अबुधाबीस्थित नेपाली राजदूतावासबाट श्रम स्वीकृति सेवा सुरु

  • Naveen Sanchar

  • बिहिबार, साउन २, २०८२

  • 213
    Views
अबुधाबीस्थित नेपाली राजदूतावासबाट श्रम स्वीकृति सेवा सुरु

अबुधाबी, युएई | नबिन सन्चार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार सन् २०१७ को नोभेम्बर २० पछि वैदेशिक रोजगारीमा गएका नेपालीहरूले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्थाअनुसार, अब अबुधाबीस्थित नेपाली राजदूतावासबाटै श्रम स्वीकृति लिन सकिने व्यवस्था सुरु गरिएको छ।

राजदूतावासले प्रकाशित गरेको सूचनाअनुसार, यो सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म प्रदान गरिनेछ।

आवश्यक कागजातहरू:

  1. अनलाइन आवेदन
  2. कम्तीमा तीन महिनासम्म वैध रहेको पासपोर्ट
  3. यूएईका लागि Emirates ID Card
  4. वैध जीवन बीमा गरिएको प्रमाण
  5. सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको प्रमाण
  6. रोजगारदाताबाट कन्फर्मेसन लेटर (सेवा सम्झौता)
  7. कर्मचारीको हस्ताक्षरसहितको पत्र

महत्वपूर्ण सूचना:

  • आवेदन विदेश रोजगार विभागको अनलाइन प्रणालीमार्फत गर्नुपर्नेछ।
  • व्यक्तिगत विवरण, फोटो, औंठाछाप (finger print), र आइरिस स्क्यान समेत आवश्यक पर्नेछ।
  • आवेदन गर्दा अबुधाबी अवस्थित नेपाली राजदूतावास [Select] गर्नुपर्नेछ।

अनलाइन आवेदनका लागि लिंकहरू:

🔗 https://dofe.gov.np/DetailPage.aspx/id/1261/language/ne-NP

🔗 https://feims.dofe.gov.np/Common-Login.aspx

नेपाल नगई वर्षौंदेखि युएईमा कार्यरत नेपालीहरूका लागि यो सुविधा निकै उपयोगी र स्वागतयोग्य कदम भएको नेपाली समुदायले प्रतिक्रिया दिएका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha