बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

दोस्रो एनआरएनए गोल्डकप प्रतियोगिता भब्यताका साथ सम्पन्न

दोस्रो एनआरएनए गोल्डकप प्रतियोगिता भब्यताका साथ सम्पन्न

  • Naveen Sanchar

  • शनिबार, असार ९, २०८१

  • 163
    Views
दोस्रो एनआरएनए गोल्डकप प्रतियोगिता भब्यताका साथ सम्पन्न

नबिन संचार साउदी अरव
दोस्रो एनआरएनए गोल्डकप २०२४ फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।ईस्लाम धर्मावलम्बीहरुको ईद ऊल अधाको अवसर पारेर “परं परोपकारार्थं यो जीवति स जीवति” भन्ने मूल मन्त्रका साथ गैरआवासीय नेपाली संघ साउदी अरबले बिगतमा गरिएका आप्रवासी नेपाली श्रमिकहरुका राहत तथा उद्धारका कार्यहरुलाई निरन्तरता दिन एवम् नेपाली फुटबल खेलाडीहरुको हौसला बढाउन आयोजित “ दोस्रो एनआरएनए गोल्डकप-२०२४” फुटबल प्रतियोगिता गरीएको थियो ।


प्रतियोगिताको च्याम्पियन किंरात राई यायोक्खा एफसी बनेको छ। भने उपविजेता जोयमह एफसीले किंरात राई यायोक्खा एफसी र युनाइटेड एफसीले पेनाल्टी शूटआउटमा समरानी एफसीलाई हराउदै तृतीय स्थान हासिल गरेको छ।दोस्रो एनआरएनए गोल्डकप २०२४ फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।


दुई दिने प्रतियोगिता १६ जुनको साँझ सुरु भएर १८ जुनको बिहान समापन भएको थियो। साउदी अरबको पूर्वी सहर अलखोबार स्थित तुक्बा खेल मैदानमा भएको उक्त प्रतियोगितामा २२ वटा फुटबल क्लबहरुले सहभागिताको लागि प्रतिबद्धता जनाएको थियो । जसमा २१ फुटबल क्लबले टिम दर्ता गरेका थिए I प्रतियोगितामा सहभागिताको लागि दर्ता भएको फुटबल क्लबहरु मध्ये २० वटा क्लबहरुको प्रतियोगितामा सहभागी जनाएको आयोजकले बताएको छ।किँरात राई यायोक्खाले विजेता भए संगै प्रथम पुरस्कार (नगद साउदी रियालः ६,६६६/-) प्राप्त गरेको छ ।
उक्त प्रतियोगिता आयोजना सफलतापूर्वक सम्पन्न गर्नका लागि चित्र कुमार चाम्लिङ राईको सयोजकत्वमा संघका खेलकुद समिति मातहत रहने गरि खेलकुद उपसमिति गठन गरिएको थियो I उक्त समिति सदस्यहरुमा एनआरएनए एनसीसी सदस्य पदम महत, आरसीसी पूर्वी क्षेत्रका क्षेत्रीय अध्यक्ष विष्णु प्रसाद भण्डारी, सह-कोषध्यक्ष दीपक खांड, सदस्य घनेन्द्र ईजम लिम्बु, पूर्व एनसीसी सदस्य गणेश अर्याल, NRNA सदस्य पासाङ शेर्पा, तुल्सी नेयोङ, प्रेम भण्डारी, सदस्य सचिव शुक्र मोक्तान, पर्यवेक्षक द्वय श्रीप्रसाद यावा लिम्बु र राजेन्द्र अर्याल रहनु भएको थियो I

नितान्त परोपकारी कार्यार्थ आयोजित उक्त प्रतियोगिताको उदेश्य अनुरुपको कामकारवाही सफलतापूर्वक सम्पादन गर्न प्रायोजकको रुपमा प्रयोजन गर्नु हुँदै आर्थिक साहयोग गर्नुहुने दानवीर दाता तथा समाजसेवी ज्युहरु, सामाजिक अभियन्ता ज्युहरु,विभिन्न सामाजिक संघ संस्थाहरु, वैचारिक एवम् राजनीतिक दलका प्रवास संगठनहरु, व्यवसायिक संस्थाहरु,, बैंक तथा वित्तीय संस्थाहरु, व्यवसायी तथा बुद्धिजीवी ज्युहरु, परोपकारी मनका धनि दानी व्यक्तित्व महानुभावहरु, प्रवासमा कार्यरत श्रमजीवी ज्युहरु र प्रत्यक्ष/परोक्ष रुपमा साथ र सहयोग गर्नुहुने यहाँहरु सबैमा संघ हार्दिकताका साथ कृतज्ञता ज्ञापन गर्दछ .
प्रतियोगिताको शोभा बढाउन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्न नेपाली महावाणि दूतावास जेद्धाका लागि कार्यवाहक महावाणि दूत शत्रुध्वन पोख्रेल र नेपाली दूतावास रियादका लागि जनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिती रहेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha