बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

नेपाली सांगीतिक जगतका चर्चित गायक प्रमोद खरेल प्रथम पटक साउदीको रियादमा आउदै

नेपाली सांगीतिक जगतका चर्चित गायक प्रमोद खरेल प्रथम पटक साउदीको रियादमा आउदै

  • Naveen Sanchar

  • मङ्लबार, चैत्र २०, २०८०

  • 325
    Views
नेपाली सांगीतिक जगतका चर्चित गायक प्रमोद खरेल प्रथम पटक साउदीको रियादमा आउदै

नवीन सञ्चार साउदी अरव
देबी बहादुर कार्की
नेपाली सांगीतिक जगतका चम्किलो नक्षत्रका रुपमा स्थापित चर्चित, भर्सटायल गायक प्रमोद खरेल सांगीतिक कार्यक्रमका लागि साउदी को रियाद मा आउने भएका छन्। झापाली समाज साउदी अरवले गर्न् लागेको दोश्रो महाधिवेशन , बृहत् सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदानको कार्यक्रम मा आफ्नो सागेतिक प्रस्तुति दिन प्रथम पटक साउदी आउँन लागेका हुन्।

खरेल नेपालि सांगीतिक जगतका एक बलियो खम्बा हुन्। बच्चा देखि बुडा सम्म सबै उमेरकाले औधि मन पराउने उनका हरेक विधाका गितहरु निकै चर्चित र लोकप्रिय छन्, झापा जिल्लामा जन्मिएका खरेल स्कुलको पढाई पश्चात उच्च शिक्षा हासिल गर्न राजधानी पसेका थिए, शुरुमा उनको उदेश्य डाक्टर बनेर बिरामीहरु को सेवा गर्ने थियो, रसायन शास्त्रमा मास्टर डिग्री हासिल गरेका खरेलले केहि समय शैक्षिक पेशामा लागेका थिए, तर पनि उनको संगीत प्रतिको लगाव कहिले कमि भएन ! संगीत साधनालाई निरन्तरता दिदै “म बिना कसै कसै लाई मुस्किल छ पोखरामा” भन्ने गित बजारमा पस्किए पछि कहिले सांगीतिक यात्रा पछाडी फर्केर हेर्नु परेन। उक्त गित सर्बादित लोकप्रिय भए पछि एक से एक गितहरु सुपर हिट हुन थालेका थिए , अहिले सम्म २५०० भन्दा बडी गितमा आवाज दिइसकेका खरेलको आवाजमा जादु रहेको छ, फ्रेनचाईज कार्यक्रम “द भोईस अफ नेपाल” २०१८ देखि २०२३ सम्म पाच सिजनमा कोचको भूमिकामा रहेर उनि तिन पटक सम्म बिजेता आफ्नो टिमको पोल्टोमा पार्न सफल भएका छन् ।

यस कार्यक्रमको मुख्य उद्देश्य “गरिब, मेधावी र प्रतिभावान विद्यार्थीको शैक्षिक उन्नयनमा अविछिन्न सहयोग,झापाली समाजको प्रस्तुति शिक्षामा वार्षिक छात्रबृत्तिको लागि अक्षयकोष” स्थापना रहेको समाजका अध्यक्ष राजेन्द्र थापाले बताउनु भयो।

झापाली समाज साउदी अरव मा रहनु हुने सम्पूण नेपाली दाजु- भाइ दिदि- बहिनी हरुलाई गरिमामय उपस्थित साथै कार्यक्रम सभ्य भव्य बनाउनको लागि हार्दिक निमन्त्रणा गर्दछ।

कार्यक्रम हुने स्थान मिति र समय
मिति १२ अप्रिल २०२४ शुक्रबार
समय बिहान १०, बजे देखि
स्थान रियाद एक्जिट ९ सोनामर्केट पछाडि

झापाली समाज साउदी अरब परिवार


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha