बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न

श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • शनिबार, माघ २०, २०८०

  • 77
    Views
श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न

नवीनसञ्चार साउदी अरब- साउदी अरबको पूर्वी प्रान्त दम्माम स्थित एक औपचारिक कार्यक्रम आयोजना गरि “श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका” विषयक अन्तर्कृया कार्यक्रम २ फेव्रुअरी २०२४ शुक्रबारका दिन सम्पन्न भएको छ ।
एनआरएनए एनसीसी साउदी अरबका अध्यक्ष रबिना अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास रियादका लागी नियोग उपप्रमुख डा. डमरू वल्लभ पौडेल प्रमुख अतिथिको रुपमा उअस्थित हुनुभएको थियो I नेपाली राजदूतावास, रियाद साउदी अरब द्वारा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबको सहकार्यमा आयोजित उक्त “श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली दूतावास रियादका लागी प्रथम सचिव टोप नारायण गिरी , श्रम काउन्सुलर देवेन्द्र कार्की , द्वितीय सचिव टिकाराम उपाध्याय , पूर्वी क्षेत्रका लागी जनसंपर्क अधिकारी नारायण पासवान को उपस्थिती रहेको थियो ।
कार्यक्रममा एनआरएनए आईसीसी मध्य पूर्व क्षेत्रिय संयोजक ज्यु, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक ज्युहरू, सल्लाहकार ज्युहरू, पूर्व पदाधिकारी हरु , वर्तमान स्थानिय, क्षेत्रिय र केन्द्रीय कार्य समितिका पदाधिकारी हरु , राजनीतिक तथा वैचारिक भातृ संगठनका पदाधिकारी तथा प्रतिनिधि हरू, साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारी हरू, व्यवसायी तथा वुद्धीवीजी हरू, मिडिया कर्मीहरु र दम्माम क्षेत्रमा कार्यरत आप्रवासी नेपाली श्रमिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा प्राय: श्रमिक सरोकारका कुराहरू संग ठोकी रहनुहुने व्यक्तित्वहरूको उपस्यथिती रहेकाले नेपाली राजदूतावास संगको सहकार्यमा आयोजित यस कार्यक्रम फलदायी रहनेमा संघ विश्वस्त रहेको जानकारी गराउंदछौं। यसका साथै श्रमिक संग सम्बन्धित कानुनी व्यवस्थाका जानकारीहरू यहाँहरू मार्फत सोचे भन्दा अधिक आप्रवासी नेपाली समुदाय सम्म पुर्याउनु हुन यहाँहरू समक्ष कार्यक्रम आयोजक तथा एनआरएनए एनसीसी साउदीअरब नम्र अनुरोध गर्दछ।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष/परोक्ष रुपमा सहयोग गर्नुहुने सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुमा संघ कोटीश: आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सामाजिक हितका लागि गरिने अन्य कार्यहरुमा पनि यहाँहरुको यस्तै साथ र सहयोगको अपेक्षा एनआरएनए एनसीसी साउदीअरब गर्दछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha