शनिबार, चैत्र १, २०८१ | March 15, 2025

अमर आकाशकृत ‘टुङ्गना’को विमोचन

अमर आकाशकृत ‘टुङ्गना’को विमोचन

  • Naveen Sanchar

  • शनिबार, पुस १४, २०८०

  • 98
    Views
अमर आकाशकृत ‘टुङ्गना’को विमोचन

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । युवा कवि अमर आकाशको प्रथम कविता संग्रह ‘टुङ्गना ‘ भृकुटीमण्डपस्थित काठमाडौं सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमका बीच विमोचन गरियो । वरिष्ठ कवि शैलेन्द्र साकार सभाध्यक्ष हुनुभएको उक्त कार्यक्रममा ह्वाइट लोटस प्रकाशनकी प्रमुख शृजना भण्डारीका साथै चर्चित कविहरु हरि अधिकारी, युयुत्सु आर डी शर्मा र साहित्यिक पत्रकार तथा समालोचक राजकुमार बानियाँको उपस्थिति थियो । कवि श्याम रिमालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमकको सुरुआत कवि अमर आकाशले अत्यन्तै चर्चित आफ्ना दुई कविताहरु ‘झलकमान गन्धर्व’ र ‘मसिहा पप्पी’ वाचनका साथ गरेका थिए । यसै क्रममा राजकुमार बानियाँले भने कि कवि अमर आकाशका कविताहरु एकदम नौलो स्वादको र मौलिक मात्रै नभएर अत्यन्तै जीवन्त विम्बहरुले युक्त तथा काठमाडौंको जनजीवन र सांस्कृतीक चिनारीको धरोहरले भिजेका कविताहरु पढ्दा लाग्छ यी अमर आकाशको रगतबाट आएका कविताहरु हुन् । सोही क्रममा हिमाली कवि युयुत्सु शर्माले अमरलाई रिमालको असली उत्तराधिकारी भन्दै नेपाली वाङ्मयमा एउटा नौलो प्रतिभाको उदय भएको बताउनुभयो । अर्का प्रसिद्ध कवि तथा आलोचक हरि अधिकारीले अमरका कविताहरुबाट आफू सन्तुष्ट भएको र आउने वर्षहरुमा कविबाट शक्तिशाली रचनाहरु आउने प्रवल सम्भावना देखेको कुरा भन्नुभयो । कार्यक्रमा सहभागी अर्का कवि शैलेन्द्र साकारले आफूले शुरु गरेको कथ्य कायाकल्पको सिद्धान्त अनुरुपका कविताहरु रचना गरेका अमरलाई प्रखर र प्रतिभावान युवा कविका रुपमा उल्लेख गरेका थिए । सोही कार्यक्रममा पुस्तकालयका हर्ताकर्ता जुजुभाइ डंगोलले पुस्तकालयको इतिहास र साहित्यिक गतिविधिबारे पनि प्रकाश पार्नुभएको थियो । प्रकाशक ह्वाइट लोटसका प्रमुख शृजना भण्डारीका अनुसार अमर आकाशको कृति टुङ्गना काठमाडौंका पुस्तक पसलहरुमा उपलब्ध छन् र त्यसका साथै अनलाइन मार्फत मगाएर पढ्न चाहने विश्वभरका पाठकहरुका निम्ति अमेजन, दराज, फ्लीपकार्ट जस्ता अनलाइन प्लेटफर्महरुमा पनि उपलब्ध छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha