बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

एनआरएनए युरोप संयोजकमा भण्डारीको उम्मेद्वारी

एनआरएनए युरोप संयोजकमा भण्डारीको उम्मेद्वारी

  • Naveen Sanchar

  • शनिबार, भदौ ३०, २०८०

  • 384
    Views
एनआरएनए युरोप संयोजकमा भण्डारीको उम्मेद्वारी

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वयय परिषदको आसन्न केन्द्रीय निर्वाचनामा युरोप युवा संयोजक पदमा प्रकाश भण्डारीले उम्मेद्वारी दिनुहुने भएको छ । आफुले भोगेका समस्या र हासिल गरेको अनुभव युवामाझ वृहत् छलफल गरी अझै सशक्त रुपले अगाडि बढ्न उम्मेद्वारी दिन गइरहेको उहाँले जानकारी दिनुभएको छ । युरोपभित्रका प्रत्येक राष्ट्रिय समन्वय समितिका युवा संयोजकको भेला राखी विभिन्न विधाका खेल जगतका खेलाडी पहिचान गर्दै युरोपस्तरीय खेलकुद प्रतियोगितामा सहभागी गराउने प्रतिबद्धता उहाँले जनाउनु भएको छ । विदेशी भुमिमा जन्मिने नेपाली बालबालिकाको निम्ति मातृभाषा, कलासंस्कृति ,भेषभुषा रहनसहनप्रति उत्प्रेरित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने समेत उहाँको योजना रहेको छ ।विगत एक दशकदेखि एनआरएनएको अभियानमा निरन्तर संलग्न भण्डारीले अध्ययन, रोजागार एवं व्यावसायिक क्षेत्रको लामो अनुभव हासिल गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha