शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

नबिल बैंकले दुई स्थिर ब्याजदरमा ‘नबिल ढुक्क घर कर्जा’ दिने,ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज

नबिल बैंकले दुई स्थिर ब्याजदरमा ‘नबिल ढुक्क घर कर्जा’ दिने,ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज

  • Naveen Sanchar

  • आइतवार, साउन २८, २०८०

  • 155
    Views
नबिल बैंकले दुई स्थिर ब्याजदरमा ‘नबिल ढुक्क घर कर्जा’ दिने,ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।सो योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ ।
नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नु पर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’ यस योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले बताइन् । नबिलको उक्त योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ । बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् ।
सो योजना अन्तर्गत दुई लाख रुपैयाँम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ । यस घर कर्जा सुविधा लिनको लागि सेवाग्राहीले नजिकैको नबिल बैंकको शाखामा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २० लाख भन्दा बढी सेवाग्राहीलाई देशभरीका २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । सो बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha