शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

प्रधानन्याधीश नियुक्तिको वातावरण बनाउन बार एसोसिएसनको माग

प्रधानन्याधीश नियुक्तिको वातावरण बनाउन बार एसोसिएसनको माग

  • Naveen Sanchar

  • आइतवार, साउन १४, २०८०

  • 221
    Views
प्रधानन्याधीश नियुक्तिको वातावरण बनाउन बार एसोसिएसनको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक राखी प्रधानन्याधीश नियुक्तिको वातावरण बनाउन प्रधानन्याधीश हरिकृष्ण कार्कीको ध्यानाकर्षण गराएको छ ।
एसोसिएसनले एक ज्ञापन पत्र बुझाउँदै साउन २० गतेदेखि रिक्त हुने प्रधानान्याधीशको नियुक्तिमा तदारुकता देखाउेन प्रधानन्याधीश कार्कीसमक्ष माग गर्नुभएको हो । हस्ताक्षरित नवीनसञ्चार अनलाइलनलाई बार एसोसिएनले पठाएको महासचिव अञ्जिता खनालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सर्वोच्च अदालत लगायत सबै अदालतमा रिक्त रहेको न्यायाधीस नियुक्ति प्रक्रियालाई एसोसिएसनको ४८ औँ केन्द्रीय कार्यसमिति बैठकको निर्णय समेतलाई मध्यनजर गरी तत्काल निष्कर्षमा पु-याउन समेत प्रधान्याधीश कार्कीको ध्यानाकर्षण गराइएको छ ।
साथै एसोसिएसनले पूर्ण स्वाचालित प्रणालीमार्फत पेशी व्यवस्थापन गर्न समेत सर्वोच्च अदालतलाई आग्रह गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha