सोमवार, भदौ २९, २०८३ | September 14, 2026

कीर्तिपुर पूर्णखोप सुनिश्चितता नगर घोषणासंगै स्वास्थ्यकर्मी र स्वयंसेविकाहरु सम्मानित

कीर्तिपुर पूर्णखोप सुनिश्चितता नगर घोषणासंगै स्वास्थ्यकर्मी र स्वयंसेविकाहरु सम्मानित

  • Naveen Sanchar

  • बुधबार, असार ३१, २०८३

  • 196
    Views
कीर्तिपुर पूर्णखोप सुनिश्चितता नगर घोषणासंगै स्वास्थ्यकर्मी र स्वयंसेविकाहरु सम्मानित

३१ असार, काठमाडौं । कीर्तिपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । आज बुधवार नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित एक समारोहमा काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयबाट पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणाको प्रमाण–पत्र नगर प्रमुख कृष्णमान डंगोललाई हस्तान्तरण गरिएको हो । साथै सोहि कार्यक्रममा कीर्तिपुर नगरपालिकाद्वारा विष्णुदेवी नगर अस्पताल, स्वास्थ्य शाखा र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मानित हुनेमा विष्णुदेवी नगर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अरुण गौतमलगायत छन् भने नगर क्षेत्रको स्वास्थ्य कार्यक्रममा परिचालन हुॅदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरुमध्येबाट ६० वर्ष पूरा भई अनिवार्य सेवानिवृत्त हुने २४ जनालाई सम्मान तथा विदाई गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राम दत्त भट्ट, कीर्तिपुर ४, ६ र ७ का वडाअध्यक्षहरु राजेन्द्र वानिया, दिवाकर अधिकारी र खीरमान सिंह बस्नेत ‘पृथ्वी’लगायत कार्यपालिका तथा न्यायपालिका सदस्यहरुका साथै स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha