शनिबार, बैशाख १२, २०८३ | April 25, 2026

झापाली समाज कतारद्वारा भित्ते पात्रो अनावरण

झापाली समाज कतारद्वारा भित्ते पात्रो अनावरण

  • Naveen Sanchar

  • शनिबार, बैशाख १२, २०८३

  • 23
    Views
झापाली समाज कतारद्वारा भित्ते पात्रो अनावरण

दोहा, कतार | २४ अप्रिल २०२६

झापाली समाज कतारद्वारा प्रकाशित २०८३ सालको भित्ते पात्रो भव्य कार्यक्रमका बीच अनावरण गरिएको छ। शुक्रबार, २४ अप्रिल २०२६ मा आयोजित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई झापाली समाज कतार तथा अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारीहरूबीच भेटघाट तथा विचार आदान–प्रदान गर्ने विशेष अवसरका रूपमा समेत उपयोग गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईं, उपाध्यक्ष नवीन पोखरेल, उपाध्यक्ष चुडामणि कार्की, सचिव भवानीप्रसाद कोइराला, मध्यपूर्व संयोजक केशव कार्की तथा कार्यसमिति सदस्य अर्पण विक्रम खड्काको उपस्थिति रहेको थियो।

त्यस्तै, झापाली समाज कतारका संरक्षक राजन कार्की, सल्लाहकार तिलक सिलवाल, कार्यवाहक अध्यक्ष गणेशप्रसाद दुलाल, उपाध्यक्ष किरण परियार, महासचिव बिमल भारती, सचिव कृष्ण कार्की लगायत पदाधिकारी, सदस्यहरू तथा कतारमा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूबीच आपसी सद्भाव र शुभकामना आदान–प्रदान गरिएको थियो। सार्वजनिक गरिएको भित्ते पात्रोमा नेपाली चाडपर्व, महत्वपूर्ण तिथि–मिति तथा झापाली समुदायसँग सम्बन्धित विविध जानकारी समावेश गरिएको छ।

पात्रो अनावरण गर्दै वक्ताहरूले यसले नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। विदेशमा रहेर पनि नेपाली पहिचान जोगाइराख्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको उनीहरूको धारणा थियो।

महासचिव बिमल भारतीले पात्रो प्रकाशनको उद्देश्यबारे जानकारी दिँदै सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरे। उनले उक्त पात्रो नेपालका विभिन्न स्थानमा निःशुल्क वितरण भइरहेको जानकारी पनि गराए। साथै, मिडिया प्रचार–प्रसारमा सहयोग गर्ने शब्दपत्र डटकम परिवार, सहारा नेपाल साकोस परिवार, नेपाल पत्रकार महासंघ झापा तथा विभिन्न संघसंस्था र पत्रकारहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो।

कार्यवाहक अध्यक्ष गणेशप्रसाद दुलालले सहयोगी, प्रायोजक तथा सदस्यहरूलाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता सामाजिक तथा रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा झापाली समाज कतारका प्रमुख संरक्षक चुडामणि कार्कीले सन् २००४ मा स्थापना भएदेखि हालसम्मका गतिविधिहरूको स्मरण गर्दै आगामी दिनहरूमा पनि निरन्तर साथ र सहयोग रहने बताए।

उपाध्यक्ष नवीन पोखरेलले आगामी सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंले समाजले गरेका कार्यहरूको प्रशंसा गर्दै व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। साथै, कार्यक्रममा सहभागी सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।

कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय झापाली समाजका सचिव तथा झापाली समाज कतारका संरक्षक भवानीप्रसाद कोइरालाले गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha