म जिन्दगीमा नहारेको मान्छे -अलि महम्मद मिया गोर्खा हाल: इजरायल म जिन्दगीमा नहारेको मान्छे हुँ, तुफानसँग ठोक्किँदा नडराएको मान्छे हुँ। घामले जलायो, वर्षाले भिजायो धेरै, तैपनि माटोसँग नटुटेको मान्छे हुँ। आफ्नैले ढुंगा हाने, पराइले ताली ठोके, पीडाको बीच पनि मुस्काएको मान्छे हुँ। सपना सानो भन्थे, हाँसोमा उडाउँथे, आँखा भरि आकाश बोकेको मान्छे हुँ। हारको कथा धेरैले लेख्न खोजे मेरा, इतिहास आफैं लेख्ने आँट राखेको मान्छे हुँ। रातले घाँटी च्याप्दा, आशा निभ्न खोज्दा, भोलिको उज्यालो कुर्ने मान्छे हुँ। पसलिएको भरोसा, फुटेको सम्बन्ध बीच, आफ्नै आत्मामा भरोसा राखेको मान्छे हुँ। मौनताले बोल्ने कुरा बुझ्ने सक्ने मान्छे हुँ, चिच्याएर होइन, सहेर जित्ने मान्छे हुँ। थाक्दा पनि उभिनु, रोएर पनि हाँस्नु, घाइते भएर पनि नहार्ने मान्छे हुँ। आज म जहाँ उभिएको छु, सजिलै होइन, हजार चोट खाएर बनेको मान्छे हुँ। म जिन्दगीमा नहारेको मान्छे हुँ, आफैंसँग कहिल्यै नहार्ने मान्छे हुँ। सम्बन्धित समाचार शव नभेटिए पनि ममता काफ्ले भट्टको हत्या अभियोगमा नरेश दोषी ठहर हेल्पलाइन नेपाल साउदी अरबको नवनिर्वाचित कार्यसमितिसँग परिचयात्मक भेटघाट तथा महत्वपूर्ण छलफल सम्पन्न कतार एयरवेजको नेपाल कार्यालयको नेतृत्व पहिलोपटक नेपाली नागरिकलाई, कन्ट्री म्यानेजर बने सरिक बोगटी प्रवासका नेपालीको दसैँ–तिहारको भावना समेटिएको ‘ढकमक्क सयपत्री फुल्यो’ आज सार्वजनिक पलाएको आशा लक्ष्मीपूजाको उज्यालोमा जन्मिएका महाकवि : धनकी देवीको पर्व र ज्ञान, सिर्जना तथा मानवताको अमर विरासत