आइतवार, जेष्ठ ३, २०८३ | May 17, 2026

जिजानमा राहदानी नवीकरण, वितरण तथा श्रमिक सचेतना कार्यक्रम सम्पन्न

जिजानमा राहदानी नवीकरण, वितरण तथा श्रमिक सचेतना कार्यक्रम सम्पन्न

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • सोमवार, भदौ १६, २०८२

  • 245
    Views
जिजानमा राहदानी नवीकरण, वितरण तथा श्रमिक सचेतना कार्यक्रम सम्पन्न

जिजान (साउदी अरव )नबिन सन्चार

साउदी अरबको दक्षिणी भेग जिजानमा नेपाली महावाणिज्यदूतावास, जेद्दाको घुम्ती शिविरमार्फत राहदानी नवीकरण, वितरण, सचेतना तथा समस्या निराकरण सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जिजान–अभा–खमिसको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा नियोगका श्रम सहचारी श्री जीवन घिमिरेले श्रमिक समस्या समाधान, सचेतना तथा विभिन्न उपयोगी जानकारी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा करिब २५० जना नेपालीहरूको उपस्थिति रहेको थियो।

भौगोलिक रूपमा दुर्गम क्षेत्रका नेपालीहरूलाई प्रत्यक्ष सुविधा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई सहभागीहरूले निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जिजान–अभा–खमिसले नेपाल सरकारको नियोग प्रमुख तथा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्दै, कार्यक्रम सफल बनाउन खटिएका स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै, भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर हुने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha