आइतवार, जेष्ठ ३, २०८३ | May 17, 2026

स्पुन कर्नर थकाली रेस्टुरेन्ट बथा – रियादमा संचालनमा, २४ जुलाईमा ग्रान्ड ओपनिङ्ग हुने

स्पुन कर्नर थकाली रेस्टुरेन्ट बथा – रियादमा संचालनमा, २४ जुलाईमा ग्रान्ड ओपनिङ्ग हुने

  • Naveen Sanchar

  • बुधबार, साउन १, २०८२

  • 606
    Views
स्पुन कर्नर थकाली रेस्टुरेन्ट बथा – रियादमा संचालनमा, २४ जुलाईमा ग्रान्ड ओपनिङ्ग हुने

नविन सन्चार डट कम – रियाद, साउदी अरब

रियादको बथा क्षेत्रमा नेपाली स्वादप्रेमीहरूका लागि नयाँ गन्तव्यको रूपमा स्पुन कर्नर थकाली रेस्टुरेन्ट संचालनमा आईसकेको छ। रेस्टुरेन्टले २४ जुलाईमा भव्य ग्रान्ड ओपनिङ्ग कार्यक्रम आयोजना गर्न लागेको छ।

थकाली स्वादमा विशेष ध्यान दिइएको यस रेस्टुरेन्टमा नेपाली मौलिक परिकारहरूका साथै इन्डियन, चाइनिज र फिलिपिनो खानाका अर्गानिक स्वादहरू उपलब्ध छन्। प्रवासमा रहेका नेपाली तथा अन्य विदेशी समुदायका ग्राहकलाई घरको स्वाद दिलाउने लक्ष्यका साथ रेस्टुरेन्टले सेवा सुरु गरिसकेको छ।

रेस्टुरेन्ट व्यवस्थापनले भने,

“हामीलाई सेवा गर्ने मौका दिनुहोस्, सन्तुष्टि पार्ने जिम्मा हाम्रो हो।”

ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भईसकेको छ र छिट्टै भव्य कार्यक्रममार्फत सम्पूर्ण समुदायलाई स्वागत गरिने जानकारी प्राप्त भएको छ्।

स्थान: बथा रियाद

नाम: स्पुन कर्नर थकाली रेस्टुरेन्ट

नविन सन्चार डट कम

📡 प्रवासीको आवाज, प्रवासबाटै


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha